काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले ९ जना एमडी डाक्टरसहितको जनशक्ति माग गरेको छ। टिचिङ अस्पतालको कर्मचारी प्रशासन शाखाले मंगलबार सूचना जारी गर्दै अस्थायी दरबन्दीमा करार सेवामा चिकित्सकसहितको जनशक्तिको पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको मितिभित्र अनलाइन आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
स्वास्थ्य डायरी
चितवन- जिल्लामा ५ वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास संक्रमणको दर बढेको छ। आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा यो सङ्ख्या बढेको हो। जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रतिहजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या ३९६ रहेको थियो। हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उनले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गरे। विशेषगरी आर्थिक अपस्था कमजोर भएको र ग्रामीण क्षेत्रका बालबालिकामा यो रोगको समस्या देखिएको उनको भनाइ छ। इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, माडी नगरपालिकाका बालबालिकामा यो रोगको संक्रमणदर वढ्दो रहेको छ। अहिले जिल्लामा…
काठमाडाैं । प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिखका दिन मनाइने विश्व मुटु दिवस आज नेपालसहित विश्वभर विविध सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। मुटु रोगबारे जनचेतना अभिवृद्धि गर्ने, नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। विश्व मुटु संगठन र विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा सन् १९९९ देखि यो दिवस मनाउन सुरु गरिएको हो। नेपालमा भने सन् २००० देखि नियमित रूपमा विश्व मुटु दिवस मनाइँदै आइएको छ। यस वर्ष (२०२६) को विश्व मुटु दिवस “कुनै पनि पल नछुटाउनुहोस्” भन्ने मूल नाराका साथ मनाउन लागिएको हो। यस नाराले मुटु रोगका प्रारम्भिक तथा लुकेका लक्षणहरूलाई…
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी छन्। मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ समेत प्रस्तुत गरेकी हुन्। मन्त्री मेहताले जनसङ्ख्या वृद्धिका लागि सुत्केरी बिदासहित प्रोत्साहनका व्यवस्था गर्न ऐन संशोधन गर्न लागिएको बताइन्। प्रस्तावित विधेयकमा सरकारी, गैरसरकारी तथा निजी निकायमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको बिदा दिने व्यवस्था गरिएको छ। यस्तै, पुरुष कर्मचारीकी पत्नी सुत्केरी भएमा ४२…
काठमाडौं । ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशसहित आज विश्व रेबिज दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने यो दिवस रेबिजको रोकथाम तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाउने गरिन्छ । सेप्टेम्बर २८ लुइ पास्चरको स्मृति दिवस पनि हो । रेबिजविरुद्धको पहिलो सफल खोप विकासमा पास्चरको महत्वपूर्ण योगदान रहेको थियो । रेबिज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो । विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । त्यसमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसिया र ३२ दशमलव ५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको छ । रेबिजका कारण मृत्यु हुनेमध्ये करिब ४०…
काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्नातकोत्तर तह (पीजी) को अध्ययन–अध्यापन दुई सातादेखि रोकिएको छ । आवासीय चिकित्सक र कलेज सञ्चालकबीच सहमति हुन नसक्दा १३ दिनदेखि पीजीको पढाइ प्रभावित भएको हो । दैनिक ३६ घण्टासम्म ड्युटी लगाउने, अनावश्यक रूपमा हाजिरी काट्ने र विभिन्न बहानामा कारबाही गर्ने गरेको भन्दै पीजी पहिलो वर्षका ५५ जना आवासीय चिकित्सक भदौ ३१ गतेदेखि आन्दोलनमा छन् । आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि कलेजले स्नातकोत्तर तह प्रथम वर्षको अध्ययन–अध्यापन तथा अन्य शैक्षिक गतिविधि स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी र…
दोलखा । दोलखाको जिरी नगरपालिका–९ मा एक महिला शिक्षिकामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। केही दिनअघि काठमाडौं पुगेर फर्किएकी ती शिक्षिकामा रुघा, खोकी, ज्वरो तथा जिउ दुख्नेलगायतका लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। जिरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दहालका अनुसार संक्रमित शिक्षिका हाल स्वस्थ रहेकी छन्। उनमा अहिले कुनै लक्षण देखिएको छैन। जिरी–९ ठूलोपातलस्थित एक विद्यालयमा भदौ २७ गते दुई जना शिक्षकमा रुघा, खोकी र ज्वरो देखिएको थियो। त्यसपछि विद्यार्थी तथा अभिभावकमा समेत यस्तै समस्या देखिन थालेपछि असोज ४ गतेदेखि विद्यालय बन्द गरिएको थियो। ठूलोपातलमा इन्फ्लुएन्जाका बिरामी देखिएको जानकारीपछि जिरी नगरपालिकाबाट चिकित्सकसहितको टोली…
काठमाडौँ । नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्तिका लागि रोस्टरमा सूचीकृत गर्ने उद्देश्यले अघि बढाइएको प्रक्रियामा पछिल्लो समय देखिएका गतिविधिप्रति नेपाल फार्मेसी संघले गम्भीर आपत्ति जनाएको छ। नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को दफा ५(१)(ङ) बमोजिम सदस्य नियुक्तिका लागि आवेदन प्रक्रिया अघि बढाइएकोमा २०८३ भदौ १७ गते अन्तिम नामावली प्रकाशन गरिएको थियो। त्यसको भोलिपल्ट अर्थात् भदौ १८ गते अन्तर्वार्तासमेत सम्पन्न भइसकेको अवस्थामा त्यसको नतिजा सार्वजनिक नगरी २१ दिनपछि २०८३ असोज ८ गते पुनः केही नयाँ संस्था तथा व्यक्तिलाई समावेश गरी अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरिएको भन्दै संघले आपत्ति जनाएको हो। संघले ‘भुलवश छुटेको’ भन्ने…
चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत दुई लाख १२ हजार ९७७ जनालाई सेवा प्रदान गरेको छ। अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसर पारेर हरेक वर्ष असोज १० गते यस्तो तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ। कुल बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी रहेका छन् भने बाँकी पुराना बिरामी पुनः परीक्षणका लागि आएका थिए। अस्पतालका डा. सुशील अधिकारीका अनुसार सन् २०२५ मा आएका बिरामीमध्ये ६ हजार ८५८ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएका छन्। यसअघि सन् २०२४ मा दुई लाख चार हजार ९७१ जना बिरामीले बहिरङ्ग सेवा लिएकोमा ३१ हजार ५६०…
चितवन । भरतपुरमा भण्डारण गरी देशभर बिक्री वितरण हुँदै आएका ‘डर्मासोल’ ब्रान्डका उत्पादनको प्रकृति र आयात प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठेको छ। भारतमा औषधि उत्पादनको अनुमति लिएको कम्पनीले नेपालका लागि सौन्दर्य प्रसाधन (कस्मेटिक्स) का नाममा औषधिजन्य सूत्र भएका उत्पादन पठाएको भन्दै व्यवसायीहरूले सम्बन्धित सरकारी निकायमाथि छानबिन र कारबाहीको माग गरेका छन्। भारतको भगवानपुर, बरवाला र डेराबस्सी क्षेत्रमा रहेको युनाइटेड ल्याबोरेटरीजले सौन्दर्य प्रसाधन उत्पादनका लागि आवश्यक अनुमति नलिई औषधि उत्पादनसम्बन्धी अनुमति प्रयोग गरेर नेपालका लागि उत्पादन तयार पारेको दाबी गरिएको छ। भारतमा सौन्दर्य प्रसाधन उत्पादनका लागि वर्ग ३ र औषधि उत्पादनका लागि वर्ग ५ अन्तर्गत अनुमति व्यवस्था रहेको बताइएको छ। तर,…

