काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चापदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तरक्रिया’ पछि समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसम्मिलित कार्यदल गठनको निर्णय भएको हो । सल्लाहकार डा अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल बनाइ तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले भने, “समितिको विकासका लागि जडीबुटीको…
स्वास्थ्य डायरी
सुर्खेत । कर्णाली प्रदेश सरकारले छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यसअघि उपलब्ध गराउँदै आएको ‘कर्णाली प्रोत्साहन भत्ता’ रोकेपछि चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले २४ घण्टाभित्र प्रोत्साहन भत्ता उपलब्ध नगराइए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्। छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समितिले बुधबार सामाजिक विकासमन्त्री जीतबहादुर मल्ललाई ज्ञापनपत्र बुझाउँदै समान काम, पद र जिम्मेवारी भए पनि स्थायी कर्मचारीको तुलनामा आफूहरूलाई तलब, भत्ता तथा सेवा सुविधामा विभेद गरिएको जनाएको छ। समितिले ‘कर्णाली कर्मचारी प्रोत्साहन भत्ता, २०७६’ बमोजिम यसअघि उपलब्ध गराउँदै आएको विशेष प्रोत्साहन भत्ता २४ घण्टाभित्र उपलब्ध नगराए कामकाजलाई निरन्तरता दिन नसक्ने चेतावनी दिएको हो। समितिले ‘समान कामका लागि…
बाँके । करिब छ महिनादेखि बन्द रहेको बाँकेको खजुरा गाउँपालिका–४ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनःसञ्चालनमा आएको छ । अस्पतालमा जडान गरिएका लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकिथेरापी मेसिन मर्मतपछि सञ्चालन गरिएकाले क्यान्सरका बिरामीले लामो समयदेखि भोग्दै आएको उपचारसम्बन्धी समस्या कम भएको छ । क्यान्सर उपचारका लागि आवश्यक पर्ने रेडियोथेरापी सेवा बन्द हुँदा धेरै बिरामीलाई अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता थियो । बिग्रिएका उपकरण मर्मत गरी सेवा पुनःसञ्चालन गरिएपछि अस्पतालबाटै नियमित रूपमा रेडियोथेरापी उपचार लिन सकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार लामो समयदेखि सञ्चालनमा आउन नसकेका लिन्याक र ब्रेकिथेरापी…
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुरु गरेको छ । टेलिमेडिसिन सेवाको आज उद्घाटन गर्दै प्रतिष्ठानका रेक्टर प्रा डा धर्मभक्त सुवेदीले उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीले घरबाटै स्वास्थ्य सेवा लिन सक्ने बताए । दुर्गमका धेरै नागरिक विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भएकाले टेलिमेडिसिन सेवा सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । यस सेवाबाट घरमै बसेर विशेषज्ञ चिकित्सकको परामर्श लिन सहज हुने छ । प्रतिष्ठानका निर्देशक डा विनम्र विष्टले सेवाको सुरुआतसँगै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा विभिन्न स्वास्थ्य संस्थाबाट ‘रेफर’ भएर आउने बिरामीले विशेषज्ञ चिकित्सकको सेवा लिन थप सहज हुने बताए । दुर्गम तथा विशेषज्ञ सेवा सहज रूपमा…
तनहुँ । तनहुँको बन्दीपुर अस्पतालमा नियमित समयभन्दा अतिरिक्त समयमा ओपिडी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको छ । अस्पतालले गत भदौ महिनामा कुल सेवाग्राहीमध्ये ५४ दशमलव ६० प्रतिशतलाई अतिरिक्त समयमा ओपिडी सेवा प्रदान गरेको छ । सो महिनामा कुल दुई हजार ३१७ सेवाग्राहीले ओपिडी सेवा लिएका थिए । त्यसमध्ये एक हजार ५२ जनाले नियमित समयमा आएका थिए । एक हजार २६५ जनाले अतिरिक्त समयमा सेवा लिएको अस्पतालका प्रमुख डा अनिल गिरीले जानकारी दिए । अस्पतालले कर्मचारी, विद्यार्थी, ज्याला–मजदुरी गर्ने वर्ग, व्यापार–व्यवसायी तथा गृहिणीलाई लक्षित गर्दै विसं २०८२ वैशाख १ गतेदेखि विस्तारित समयमा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।…
काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरका दुई औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरेका औषधिका नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर पूरा नगरेको पाइएपछि ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सम्बन्धित औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न तथा फिर्ता गरिएका औषधिको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको छ। साथै उल्लेखित ब्याच नम्बरका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न पनि विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ। विभागका अनुसार बजारबाट…
बैतडी । गर्मीयाम सुरु भएसँगै बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै जिल्लामा १३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक छ। जिल्लाका किशोरदेखि वृद्धवृद्धासम्म स्क्रब टाइफसबाट प्रभावित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं तथ्यांक अधिकृत खगेन्द्र कार्कीका अनुसार दस स्थानीय तहमध्ये मेलौली नगरपालिकामा सबैभन्दा बढी ७० जना र पञ्चेश्वर गाउँपालिकामा ३३ जना बिरामी भेटिएका छन्। त्यस्तै, पाटन नगरपालिकामा १९ जना, सिगास गाउँपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा २ जना, डिलासैनी गाउँपालिकामा १ जना र दशरथचन्द नगरपालिकामा २ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्।…
लमजुङ । उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा मस्र्याङ्दी गाउँपालिका–३ की २३ वर्षीया सोविता मिजारको पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै रोकिएको छ । आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन गरेपछि तत्कालै चितवनस्थित सरकारी अस्पताल लगिएको थियो । सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को सुविधा नभएपछि सोही राति उनलाई चितवन मेडिकल कलेज लगेर उपचार सुरु गरिएको सोविताका मामाका छोरा दीपक मजाकोटीले बताए । उनका अनुसार चितवन मेडिकल कलेजमा पु¥याएपछि अस्पतालले औषधि, शल्यक्रियालगायत उपचारका लागि सुरुमा करिब डेढ लाखदेखि…
डोटी । जिल्ला अस्पताल डोटीमा कार्यरत एक स्वास्थ्यकर्मी अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका छन्। बोगटान फुड्सिल गाउँपालिका–६ का ३४ वर्षीय अहेब प्रेम बोगटी बुधबार बिहान करिब ११ बजे अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सागर बोहराका अनुसार शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गरिएको थियो। खोजी गर्ने क्रममा उनी शौचालयमा मृत अवस्थामा भेटिएका हुन्। यता, जिल्ला अस्पताल डोटीले भने बोगटी शौचालयमा अचेत अवस्थामा भेटिएको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
महोत्तरी । सरकारी अस्पतालमा रेबिजविरुद्ध दिइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) को अभाव हुँदा कुकुर तथा अन्य जनावरको टोकाइबाट पीडित बिरामी समस्यामा परेका छन् । स्याल, कुकुरलगायत जनावरको टोकाइका घटना बढ्दै गए पनि सरकारी स्वास्थ्य संस्थामै एआरभी खोप नहुँदा पीडितहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका हुन् । नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, सरकारी स्वास्थ्य संस्थामै एआरभी खोपको अभाव हुँदा विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीलाई थप आर्थिक भार परेको छ । गत साता बिहान बजारबाट दूध किनेर घर फर्कंदै गरेका बर्दिबास नगरपालिका–२ का ७२ वर्षीय नीलप्रसाद गौतमलाई…

