तनहुँ । तनहुँको बन्दीपुर अस्पतालमा नियमित समयभन्दा अतिरिक्त समयमा ओपिडी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको छ । अस्पतालले गत भदौ महिनामा कुल सेवाग्राहीमध्ये ५४ दशमलव ६० प्रतिशतलाई अतिरिक्त समयमा ओपिडी सेवा प्रदान गरेको छ । सो महिनामा कुल दुई हजार ३१७ सेवाग्राहीले ओपिडी सेवा लिएका थिए । त्यसमध्ये एक हजार ५२ जनाले नियमित समयमा आएका थिए । एक हजार २६५ जनाले अतिरिक्त समयमा सेवा लिएको अस्पतालका प्रमुख डा अनिल गिरीले जानकारी दिए । अस्पतालले कर्मचारी, विद्यार्थी, ज्याला–मजदुरी गर्ने वर्ग, व्यापार–व्यवसायी तथा गृहिणीलाई लक्षित गर्दै विसं २०८२ वैशाख १ गतेदेखि विस्तारित समयमा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।…
स्वास्थ्य डायरी
काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरका दुई औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरेका औषधिका नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर पूरा नगरेको पाइएपछि ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सम्बन्धित औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न तथा फिर्ता गरिएका औषधिको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको छ। साथै उल्लेखित ब्याच नम्बरका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न पनि विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ। विभागका अनुसार बजारबाट…
बैतडी । गर्मीयाम सुरु भएसँगै बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै जिल्लामा १३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक छ। जिल्लाका किशोरदेखि वृद्धवृद्धासम्म स्क्रब टाइफसबाट प्रभावित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं तथ्यांक अधिकृत खगेन्द्र कार्कीका अनुसार दस स्थानीय तहमध्ये मेलौली नगरपालिकामा सबैभन्दा बढी ७० जना र पञ्चेश्वर गाउँपालिकामा ३३ जना बिरामी भेटिएका छन्। त्यस्तै, पाटन नगरपालिकामा १९ जना, सिगास गाउँपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा २ जना, डिलासैनी गाउँपालिकामा १ जना र दशरथचन्द नगरपालिकामा २ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्।…
लमजुङ । उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा मस्र्याङ्दी गाउँपालिका–३ की २३ वर्षीया सोविता मिजारको पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै रोकिएको छ । आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन गरेपछि तत्कालै चितवनस्थित सरकारी अस्पताल लगिएको थियो । सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को सुविधा नभएपछि सोही राति उनलाई चितवन मेडिकल कलेज लगेर उपचार सुरु गरिएको सोविताका मामाका छोरा दीपक मजाकोटीले बताए । उनका अनुसार चितवन मेडिकल कलेजमा पु¥याएपछि अस्पतालले औषधि, शल्यक्रियालगायत उपचारका लागि सुरुमा करिब डेढ लाखदेखि…
डोटी । जिल्ला अस्पताल डोटीमा कार्यरत एक स्वास्थ्यकर्मी अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका छन्। बोगटान फुड्सिल गाउँपालिका–६ का ३४ वर्षीय अहेब प्रेम बोगटी बुधबार बिहान करिब ११ बजे अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सागर बोहराका अनुसार शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गरिएको थियो। खोजी गर्ने क्रममा उनी शौचालयमा मृत अवस्थामा भेटिएका हुन्। यता, जिल्ला अस्पताल डोटीले भने बोगटी शौचालयमा अचेत अवस्थामा भेटिएको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
महोत्तरी । सरकारी अस्पतालमा रेबिजविरुद्ध दिइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) को अभाव हुँदा कुकुर तथा अन्य जनावरको टोकाइबाट पीडित बिरामी समस्यामा परेका छन् । स्याल, कुकुरलगायत जनावरको टोकाइका घटना बढ्दै गए पनि सरकारी स्वास्थ्य संस्थामै एआरभी खोप नहुँदा पीडितहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका हुन् । नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, सरकारी स्वास्थ्य संस्थामै एआरभी खोपको अभाव हुँदा विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीलाई थप आर्थिक भार परेको छ । गत साता बिहान बजारबाट दूध किनेर घर फर्कंदै गरेका बर्दिबास नगरपालिका–२ का ७२ वर्षीय नीलप्रसाद गौतमलाई…
काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले परिषद्को सदस्य नियुक्तिसम्बन्धी विषयमा अध्यक्ष डा. कादिर आलमको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। परिषद्ले मंगलबार विज्ञप्ति जारी गर्दै सदस्य नियुक्तिसम्बन्धी विषयमा अध्यक्षलाई व्यक्तिगत रूपमा जोडेर भइरहेका आरोपप्रति ध्यानाकर्षण भएको जनाएको हो। नेपाल फार्मेसी परिषद्को गठन तथा सदस्य मनोनयनसम्बन्धी व्यवस्था नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को दफा ५ ले स्पष्ट रूपमा निर्धारण गरेको परिषद्ले जनाएको छ। उक्त कानुनी व्यवस्थाअनुसार परिषद्का विभिन्न पद तथा सदस्यको मनोनयन तोकिएको योग्यता, प्रतिनिधित्व र प्रक्रियाका आधारमा हुने व्यवस्था रहेको छ। सदस्य मनोनयनको अधिकार ऐनले तोकेबमोजिम नेपाल सरकारमा निहित रहेको परिषद्ले स्पष्ट पारेको छ।…
काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने भन्दै अघि सारेका महत्त्वाकांक्षी योजनाको कार्यान्वयनमा सुस्तता देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कार्यभार सम्हालेको करिब छ महिना पुग्दा पनि घोषणा गरिएका कतिपय कार्यक्रम अझै कार्यान्वयनको चरणमा पुग्न सकेका छैनन्। सरकारले स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने, सरकारी अस्पतालको सेवा सुधार गर्ने, निःशुल्क शय्या व्यवस्थापन प्रभावकारी बनाउने, सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन गर्ने तथा स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको थियो। तर, यीमध्ये कतिपय कार्यक्रमका लागि आवश्यक कार्यविधि, संरचना र कार्यान्वयनको स्पष्ट आधार तयार हुन नसकेको स्वास्थ्य क्षेत्रका अधिकारीहरू बताउँछन्। सरकारको १००…
दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ । गत साउनको अन्तिम साता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अनुगमन गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्देशन दिएपछि कामले गति लिएको हो । “पछिल्लो समय भवन निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको छ । चौथो तलाको ढलानको तयारी भइरहेको छ, असोज तेस्रो साताभित्र ढलान भइसक्नेछ”, सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इन्जिनियर विशाल श्रेष्ठले भने । अपाङ्गमैत्री, लिफ्टसहितको अत्याधुनिक सुविधासम्पन्न भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको छ । “अहिले भुइँतला र पहिलो तल्लाको भित्री…
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको तीन सय मिटर आसपास निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई पुनः ताकेता गरेको छ। सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई पत्र पठाउँदै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) कार्यान्वयन गर्न निर्देशन दिएको हो। उक्त कानुनी व्यवस्थाअनुसार सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको परिसरबाट तीन सय मिटर दूरीभित्र निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङहोम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न पाइँदैन। मन्त्रालयले यसअघि २०७९ मंसिर २९ गते ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ सहित उक्त व्यवस्था कार्यान्वयन गर्न…

