काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सर्वसाधारणको राय तथा सुझावका लागि सार्वजनिक गरेको छ। मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण, सरोकार भएका निकाय तथा सम्बन्धित पक्षबाट राय तथा सुझाव मागेको हो। नेपाल सरकारको ‘कार्य विभाजन नियमावली, २०८३’ अनुकूल हुने गरी ऐनका केही व्यवस्था संशोधन तथा थप स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएपछि संशोधन विधेयकको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ । प्रस्तावित संशोधनमा खाद्य स्वच्छताको परीक्षण तथा अनुगमनका क्रममा अखाद्य पदार्थ वा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्रीवितरण गरेको पाइएमा तत्काल जरिवाना गर्न…
स्वास्थ्य डायरी
बाँके । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति बिस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो । थापालाई सर्पले डसेको थाहा पाउने बित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो । झुल लगाएर सुतेका थापालाई झुल बाहिरबाटै सर्पले टाउकोमा डसेको थियो । समयमै अस्पताल पुर्याएपछि उनको उपचारमा सहज भयो । एन्टी स्नेक भेनम चढाएपछि अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छोरा राजबहादुर थापाले बताए । “गाउँमै धामीझाँक्री वा स्थानीय स्वास्थ्यचौकीमा अलमल गरेको भए ठूलो दुर्घटना हुनसक्थ्यो”, राजबहादुरले भने, “स्वास्थ्यचौकीमा लगे पनि नेपालगन्ज रेफर गर्छन् भन्ने थाहा भएकाले हामी सिधै भेरी अस्पताल आयौँ । सही समयमा अस्पताल…
काठमाडौँ । आज विश्व फार्मासिस्ट दिवस मनाइदैछ । प्रत्येक वर्ष २५ सेप्टेम्बरमा यो दिवस समाजमा फार्मासिष्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उद्देश्यले विश्व फार्मासिस्ट दिवस मनाइने गरिएको छ । यस बर्षको विश्व फार्मासिस्ट दिवसको नारा ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने रहेको अन्तर्राष्ट्रिय औषधि महासंघले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापना सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले हरेक बर्ष सेप्टेम्बर २५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । विश्व फार्मासिस्ट दिवस मनाउनुको उद्देश्य फार्मासिस्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्नु…
काठमाडौं । आफ्नो उत्पादन गुणस्तरहीन नभएको दाबी गर्दै औषधि व्यवस्था विभागलाई दिएको जवाफमा औषधिको गुणस्तरमा थोक तथा खुद्रा विक्रेता, अस्पताल र स्वास्थ्य संस्थाको भण्डारण व्यवस्थातर्फ समेत प्रश्न उठाएपछि टाइम फर्मास्युटिकल्स लिमिटेड विवादमा परेको छ। टाइम फर्मास्युटिकल्सले विभागलाई पठाएको पत्रमा आफ्नो उत्पादनको ‘ग्लिपिड–१’ गुणस्तरहीन नभएको दाबी गर्दै औषधि भण्डारणको अवस्थाले समेत गुणस्तरमा असर पार्न सक्ने संकेत गरेको थियो। कम्पनीको उक्त भनाइप्रति नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले संस्थागत रूपमा आपत्ति जनाउँदै तत्काल सच्याएर फिर्ता लिन माग गरेको छ। एनसीडीएका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल र महासचिव श्रीधर खनालले हस्ताक्षर गरेको विज्ञप्तिमा कम्पनीले आफ्नो प्राविधिक कैफियतको दायित्वबाट पन्छिन खोज्दै थोक तथा खुद्रा औषधि व्यवसायीसँगै अस्पताल…
काठमाडौं। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको छ। कलेजले बिहीबार सूचना जारी गर्दै प्रथम वर्षका पीजी आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीसहितका सबै शैक्षिक तथा प्रशिक्षण गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ। कलेजका प्रधानाचार्य र होटल सुपरिटेन्डेन्टद्वारा जारी सूचनामा हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई ध्यानमा राख्दै शैक्षिक सत्र २०८२ का प्रथम वर्षका पीजी आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन चिकित्सा शाखा अध्ययन संस्थान (आईओएम) र त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोध गरिएको उल्लेख छ। कलेजले अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका सबै…
सल्यान । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको उपचारका क्रममा बुधबार नेपालगन्जमा मृत्यु भएको हो । दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज ३ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । त्यतिबेला स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले औषधि दिएर उनलाई घर पठाएका थिए । पछि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज लगिएको थियो । स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतका अनुसार असोज ३ गते परीक्षण गर्दा खत्रीमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । त्यसबेला अवस्था सामान्य रहेकाले औषधि दिएर घर पठाइएकोमा पछि स्वास्थ्यमा…
काठमाडौँ । जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम बुधबारदेखि सुरु गरेको छ । जलन सेवाको राष्ट्रिय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको पहिलो समूह कीर्तिपुर अस्पतालमा प्रा.डा. शंकरमान राईको प्रमुख प्रशिक्षणमा सुरु भएको हो । तालिमको पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । पहिलो समूहमा नारायणी अस्पताल, मधेस प्रदेश र प्रदेश अस्पताल, कर्णाली प्रदेशबाट चार–चार जना गरी आठ जना स्वास्थ्यकर्मी सहभागी छन् । तालिममा शल्य चिकित्सक तथा सामान्य…
झापा । झापाका निजी अस्पतालमा सरकारले तोकेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा अस्पताल सञ्चालक तथा सरोकारवालाबीच छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलको पहलमा जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको छलफलमा गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको हो । सेवा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्ने तथा लक्षित वर्गको पहिचानलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ । नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालको स्वीकृत शय्या संख्याको १० प्रतिशत शय्या गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलगायत लक्षित वर्गका लागि छुट्याएर…
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको सबै भुक्तानी सम्पन्न भएको छ । स्वास्थ्य बीमा बोर्डले मंगलबार गत असार महिनाको सोधभर्नाबापत भुक्तानी गर्नुपर्ने ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको हो । सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । अघिल्लो आर्थिक वर्षको बक्यौता १४ अर्ब ५१ करोड ५ लाख ९२ हजार १३४ रुपैयाँ अनुमान गरिएकोमा रुजु गर्दा ११ अर्ब ५३ करोड १५ लाख ९२ हजार ६० रुपैयाँ मात्रै यकिन भएको थियो…
काठमाडौं । देशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारीसहित तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मौसम विभागले देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेपछि मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्थापनसहित तयारी अवस्थामा रहन निर्देशन दिएको हो । निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट दुर्घटना, चोटपटक र जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले स्वास्थ्य संस्थालाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ…

