काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रका ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ। गत भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट दक्ष चिकित्सकसहितको टोली नुवाकोटमा खटिएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ। टोलीले नुवाकोट आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय, नुवाकोट स्वास्थ्य चौकीलगायतका स्थानमा हेल्थ क्याम्प सञ्चालन गरी बाढी प्रभावितलाई स्वास्थ्य सेवा दिएको हो। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा.शैलेन्द्रकुमार दुवाल श्रेष्ठको कमान्डमा स्वास्थ्य टोली परिचालन गरिएको थियो। टोलीमा प्राविधिक सशस्त्र…
स्वास्थ्य डायरी
वीरगन्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अगाडि स्नातकोत्तर आवासीय चिकित्सकहरूले आइतबार बिहान १० बजेदेखि प्रदर्शन गरिरहेका छन्। ‘दादागिरी बन्द गर’, ‘पैसा लुट्न पाइँदैन’, ‘तानाशाही चल्दैन’, ‘सहमति कार्यान्वयन गर’, ‘गलत निर्णय फिर्ता गर’लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरिरहेका हुन्। स्नातकोत्तर आवासीय चिकित्सकहरूले गत भदौ ३१ गतेदेखि विभिन्न छ बुँदे माग अघि सारेर आन्दोलन गरिरहेका छन्। आन्दोलनरत चिकित्सकमध्ये प्रथम वर्षका चिकित्सकहरूलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रवेशमा रोक लगाएपछि उनीहरू अस्पतालको प्रवेशद्वारमै अस्पताल सञ्चालकविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। ‘असोज २ गते अस्पताल प्रशासनले प्रधानाचार्यको कोठामा बोलाएर हामीहरूसँग मागबारे लिखित रूपमै हस्ताक्षर गरेर दिन भन्यो,’ आन्दोलनरत चिकित्सकमध्येकी डा. निसा…
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । विश्व मुटु दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशमा समृद्धि र विकास सम्भव नहुने भन्दै स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन् । मुख्यमन्त्री थापाले हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा क्याथल्याबसहितको कार्डियो सेवा सञ्चालनका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । हृदयघात भएमा बिरामीलाई तत्काल काठमाडौँ ल्याउन समय लाग्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, हेटौँडा, चितवनलगायत १० वटा अस्पतालमा आवश्यक भ्याक्सिनको व्यवस्था मिलाइएको उनले बताए । उनले रसुवामा आएको बाढीपछिको विपद् व्यवस्थापन, क्षतिको विवरण…
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा देशभर एक लाख पाँच हजार ६२८ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा सेवाग्राहीको सङ्ख्या केही घटे पनि सुरक्षित गर्भपतन सेवा लिने महिलामध्ये बहुसङ्ख्याले औषधिको प्रयोगमार्फत सेवा लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार कुल सेवाग्राहीमध्ये ७१.२५ प्रतिशत महिलाले औषधिको प्रयोगबाट सुरक्षित गर्भपतन गराएका छन् भने २८.७ प्रतिशतले शल्यक्रिया विधिमार्फत सेवा लिएका छन् । प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा धेरै २५.४१ प्रतिशत महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कर्णालीमा भने सबैभन्दा कम ६.२४ प्रतिशत महिलाले यस्तो सेवा लिएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७४/७५ मा देशभर…
काठमाडौँ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकमाथि कलेज प्रशासनले दुर्व्यवहार गरेको, झूटा मुद्दा लगाएको तथा शोषण गरेको भन्दै चिकित्सा शिक्षा सङ्घर्ष अभियानले आपत्ति जनाएको छ। अभियानले शुक्रबार विज्ञप्ति जारी गर्दै कलेज प्रशासनको गतिविधिप्रति आपत्ति जनाएको हो। अभियानका अनुसार कलेज प्रशासनले आवासीय चिकित्सकमाथि झूटा मुद्दा लगाउने, चिकित्सा शिक्षा आयोगले तोकेको पारिश्रमिक तथा तलब भत्ता उपलब्ध नगराउने र आईओएम डिन कार्यालयद्वारा जारी नियमको अवज्ञा गर्दै लगातार ३६ घण्टाभन्दा बढी काम गराउने गरेको छ। त्यस्तै, धम्कीपूर्ण सूचना जारी गरी तत्काल होस्टेल खाली गराउन लगाउने तथा आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता गर्ने विषयमा आईओएमलाई पत्र पठाउनेलगायतका गतिविधि भइरहेको भन्दै अभियानले भर्त्सना गरेको छ।…
सल्यान । सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले असोज ७, ८ र ९ गते सञ्चालन गरेको स्क्रबटाइफस स्वास्थ्य खोजपड्तालसम्बन्धीको शिविरमा ८८ जनामा सङ्क्रमण देखिएको हो । तीन स्थानीय तहमध्ये दार्मा गाउँपालिकामा सबैभन्दा बढी ५४ जनामा उक्त रोगको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए । उनले भने, “दार्मा गाउँपालिका–१ मा १६० जनाको जाँच गर्दा ३७ र वडा नं ५ मा १८१ जनाको स्वास्थ्य परीक्षण गर्दा १७ जनमा सङ्क्रमण भेटिएको छ । कुमाख गाउँपालिका–४ मा सात जनाको परीक्षणमा एक पुरुष,…
सिड्नी । साधारण श्वास परीक्षणले क्यान्सरयुक्त र क्यान्सर नभएको फोक्सोको नोड्युल छुट्याउन चिकित्सकलाई सहयोग गर्न सक्ने अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक अध्ययनले देखाएको छ । यसले फोक्सोको क्यान्सरको प्रारम्भिक पहिचानमा सहयोग गर्नुका साथै केही बिरामीमा आक्रामक परीक्षणको आवश्यकता कम गर्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् । ग्रिफिथ विश्वविद्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अनुसन्धानकर्ताले दुई पूरक प्रविधिमार्फत बिरामीको श्वास विश्लेषण गरेका थिए । तीमध्ये ‘इलेक्ट्रोनिक नोज’ (ईनोज) ले श्वासमा रहेका रसायनका ढाँचा पहिचान गर्छ भने ‘ग्यास क्रोमाटोग्राफी–मास स्पेक्ट्रोमेट्री’ ले श्वासमा रहेका विशिष्ट वाष्पशील जैविक यौगिक पहिचान गर्छ । अध्ययनका सम्बन्धित लेखक तथा ग्रिफिथ विश्वविद्यालयको बायोमेडिसिन एन्ड ग्लाइकोमिक्स संस्थानकी प्राध्यापक चामिन्डी पुन्यादीराका अनुसार श्वासमा…
काठमाडौं । औषधि व्यवस्था विभागले सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको सहज पहुँच सुनिश्चित गर्न औषधि क्षेत्रका सबै सरोकारवालाबीच सहकार्य र समन्वय बढाउन आग्रह गरेको छ। विश्व फार्मासिस्ट दिवस २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै विभागका महानिर्देशक भूपेन्द्र भट्टराईले सबल र दक्ष फार्मासिस्ट नै प्रभावकारी औषधि प्रणाली तथा गुणस्तरीय स्वास्थ्य सेवाको महत्वपूर्ण आधार भएको बताएका छन्। यस वर्षको विश्व फार्मासिस्ट दिवसको नारा ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ रहेको छ। विभागले उक्त नाराले प्रत्येक नागरिकलाई सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्यसँग समेत सम्बन्ध राख्ने जनाएको छ। महानिर्देशक भट्टराईले प्रत्येक बिरामीलाई सुरक्षित र गुणस्तरीय औषधि उपलब्ध गराउन…
आज सेप्टेम्बर २५ अर्थात् ‘विश्व फार्मासिस्ट दिवस’ । सन् २०२६ को विश्व फार्मासिस्ट दिवसको नारा “स्वस्थ भविष्यका लागि फार्मासिस्टहरूलाई सशक्त बनाउँदै” रहेको छ । फार्मासिस्ट दिवसको इतिहास विश्व फार्मासिस्ट दिवस अन्तर्राष्ट्रिय औषधि महासंघको स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइन्छ । महासंघकाे सन् १९१२ मा स्थापना भएको थियो । सन् २००९ मा टर्कीको इस्तानबुलमा आयोजित ‘वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्स’का क्रममा महासंघकाे काउन्सिलले हरेक वर्ष सेप्टेम्बर २५ लाई विश्व फार्मासिस्ट दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । फार्मासिस्टहरूको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य सेवामा फार्मेसीको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालसहित विश्वभर…
काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकको पठनपाठन तथा क्लिनिकल गतिविधि स्थगित भएपछि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले कलेजलाई सहज रूपमा पठनपाठन सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको छ। आईओएमका डिन प्रा.डा. मोहनराज शर्माले बिहीबार नेशनल मेडिकल कलेजलाई पत्र पठाउँदै वर्तमान समस्यालाई मध्यनजर गरी पठनपाठन तथा शैक्षिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न आग्रह गरेका हुन्। आईओएमका सूचना अधिकारी निर्मल मिश्रका अनुसार कलेजलाई पठाइएको उक्त पत्र चिकित्सा शिक्षा आयोग र त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई समेत बोधार्थ उपलब्ध गराइएको छ। यसअघि नेशनल मेडिकल कलेजले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका सम्पूर्ण स्नातकोत्तर…

