स्वास्थ्य डायरी

काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाहरूमा सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ। साथै, अराजक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्नेमा संघले जोड दिएको छ। संघका महासचिव डा. सञ्जीव तिवारीले बिहीबार जारी गरेको विज्ञप्तिमा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। विज्ञप्तिअनुसार क्यान्टिनमा खाजा खाइरहेका चिकित्सकमाथि केही युवा अभियन्ता भनिएका व्यक्तिहरूले दुर्व्यवहार गरेको तथा आक्रमणको धम्की दिई भिडियो खिचेर सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाइएको आरोप लगाइएको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आधारहीन आरोप लगाई सामाजिक सञ्जालमा अफवाह फैलाउने कार्यले समाजमा भ्रम सिर्जना गर्ने मात्र नभई स्वास्थ्य सेवा प्रवाहमा समेत असर पार्ने बताएको…

विस्तृतमा...

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका निकायमा ठूलो संख्यामा दरबन्दी थप गर्ने तयारी अघि बढाएको छ । स्वास्थ्य सेवा सुधार र जनशक्ति अभाव कम गर्ने लक्ष्यसहित ९७४ नयाँ दरबन्दी थप्ने विषयमा स्वास्थ्य र अर्थ मन्त्रालयबीच छलफल भइरहेको स्रोतले जनाएको छ । प्रस्तावअनुसार एमबीबीएस उत्तीर्ण ५३४ जनालाई समेट्ने गरी दरबन्दी विस्तार गरिने तयारी छ । मन्त्रालयले हाल करिब २२ सय नयाँ दरबन्दी सिर्जना गर्ने योजना बनाएको छ भने यसलाई क्रमशः बढाएर सात हजारभन्दा बढी पु‍र्‍याउने दीर्घकालीन लक्ष्य राखिएको छ । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उच्च तहका कर्मचारी, नर्स तथा अन्य स्वास्थ्यकर्मीको अभाव रहँदै आएको छ । हाल करिब पाँच हजार दरबन्दी…

विस्तृतमा...

काठमाडाैं- गर्भपतन गराउने क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन समिति गठन गरेको छ । काउन्सिलले सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा बुधबार ६ सदस्यीय समिति गठन गरेको हो । घटनालाई गम्भीर रूपमा लिँदै मृतकका परिवारको आग्रहअनुसार निष्पक्ष छानबिनका लागि समिति बनाइएको जनाइएको छ । समितिमा स्त्री रोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन व्यवसायी गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि दिनेश पाण्डे सदस्य रहेका छन् । समितिलाई घटनास्थलमा पुगेर अनुगमन तथा निरीक्षण गरी विस्तृत प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । पाल्पा घर भई हाल रुपन्देहीको तिलोत्तमा–शंकरनगरमा बस्दै आएकी…

विस्तृतमा...

काठमाडौं- चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले आफ्नै तलब–भत्ताबाट ३७ अतिविपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छन् । वडा कार्यालयको सिफारिसका आधारमा छनोट गरिएका ती परिवारको बिमा शुल्क उनले पछिल्लो तीन महिनाको सेवा सुविधाबाट व्यहोरेका हुन् । सापकोटाले यसअघि पनि आफ्नो तलब–भत्ता र ‘मायाको चिनो’बाट संकलित रकम प्रयोग गर्दै करिब २०० परिवारको स्वास्थ्य बिमा गरिसकेका छन् । उनका अनुसार वार्षिक रूपमा करिब ३५०० परिवारलाई बिमामा समेट्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको भए पनि ‘जेनजी आन्दोलन’पछि उक्त अभियान रोकिएको छ । नगरपालिकाले अनावश्यक खर्च कटौती गर्न औपचारिक कार्यक्रममा खादा तथा मायाको चिनो नलिने नीति लागू गरेको छ । सोहीअनुसार विभिन्न संघ–संस्थाबाट प्राप्त…

विस्तृतमा...

काठमाडौं – पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालहरूमा ओपिडी सेवा निरन्तर सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले बिदाको समयमा ओपिडी सेवा बन्द हुँदा बिरामीहरू अनावश्यक दुःख भोग्न बाध्य भएको उल्लेख गर्दै यस्तो व्यवस्थाले स्वास्थ्य सेवा झन् जटिल बनेको बताएका छन्। सरकारी अस्पताल बन्द हुँदा नागरिकहरू निजी अस्पतालतर्फ जान बाध्य हुने र त्यसले उनीहरूमा थप आर्थिक भार पर्ने उनको भनाइ छ। पौडेलका अनुसार सर्वसुलभ, सुलभ र पहुँचयोग्य हुनुपर्ने स्वास्थ्य सेवा ओपिडी बन्द हुँदा सीमित बन्दै गएको छ। यसले विशेषगरी विपन्न र दुर्गम क्षेत्रका नागरिकहरूलाई बढी असर गरिरहेको उनले औंल्याएका छन्। त्यसैले उनले स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित…

विस्तृतमा...

भरतपुर- चितवनस्थित भरतपुर अस्पतालले औषधि प्रयोगलाई व्यवस्थित र प्रभावकारी बनाउन हस्पिटल फर्मुलरी सार्वजनिक गरेको छ। मङ्गलवार फर्मुलरी सार्वजनिक गर्ने क्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले र डीटीसी अध्यक्ष डा. रमेश भण्डारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बगालेले फर्मुलरी उत्कृष्ट रूपमा तयार भएको भन्दै सम्पादन तथा प्रकाशन टोलीलाई धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा आवश्यक परिमार्जनसहित यसको निरन्तरता कायम गरिने बताए। साथै, औषधि प्रिस्क्रिप्सन प्रक्रियामा फर्मुलरीलाई कडाइका साथ लागू गरिने पनि स्पष्ट पारे। कुशल फार्मेसी अभ्यास मार्फत बिरामीको प्रकृति हेरी वर्गीकृत सेवा प्रदान गरेकोमा उनले फार्मेसीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई धन्यवाद समेत व्यक्त गरे…

विस्तृतमा...

महेन्द्रनगर- जनकपुरधाममा बुधबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ। सर्वेक्षणले विशेषगरी मधेस प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन् दर र विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको देखाएको छ। प्रतिवेदनअनुसार मधेस प्रदेशमा नवजात शिशु मृत्युदरप्रति एक हजार जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो। त्यस्तै, कुपोषणको अवस्था पनि गम्भीर देखिएको छ उमेरअनुसार तौल कम भएका (लिखुरे) बालबालिका २३.२ प्रतिशत र उचाइ कम भएका (पुड्को) ३१.१ प्रतिशत रहेका छन्। शिक्षा क्षेत्रमा पनि चुनौती देखिएको छ। कक्षा १-५ मा ९.२ प्रतिशत, ६-८ मा…

विस्तृतमा...

काठमाडौं- औषधिको मूल्य वृद्धि प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि सरकारले औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ समिति बनाएर अनुसन्धान अघि बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार औषधि विज्ञ प्रा.डा. बालमुकुन्द रेग्मीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले केही दिनदेखि गोप्य रूपमा अनुसन्धान सुरु गरिसकेको जनाइएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले चैत २६ गते अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । तर कार्यादेश ढिलाइ, सदस्यहरूको असन्तुष्टि र प्रभावकारी काम हुन नसकेको गुनासोपछि प्रधानमन्त्री…

विस्तृतमा...

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी डा. सुनील शर्माले स्वास्थ्य सेवा सबै नागरिकका लागि समान र पहुँचयोग्य बनाउन सरकारलाई आग्रह गरेका छन् । बुधबार दुर्गा प्रसाईँलगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवा सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।डा. शर्माले संविधानले दिएको स्वास्थ्य अधिकार सबै नागरिकले समान रूपमा पाउनुपर्ने उल्लेख गर्दै वर्तमान स्वास्थ्य सेवामा विभेद देखिएको टिप्पणी गरे । “स्वास्थ्य सेवामा धनी–गरिब भन्ने हुँदैन । तर सरकार वा सरकार निकट व्यक्तिहरूले सञ्चालन गरेका अस्पतालमै सेवा असमान देखिन्छ,” उनले भने, “किड्नीका बिरामीलाई औषधि खरिदमै सहजीकरण गरिनुपर्छ ।”उनले निजी क्षेत्रबाटै निःशुल्क मिर्गौला…

विस्तृतमा...

काभ्रे- काभ्रेको बेथानचोक गाउँपालिका–३ मा निर्माण गरिएको बेथानचोक आधारभूत अस्पताल सञ्चालनमा आउन नसक्दा अलपत्र परेको छ । निर्माण सम्पन्न गरी ठेकेदारले हस्तान्तरण गरेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अस्पताल सेवा सुरु हुन सकेको छैन । अस्पताल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा सामान्य उपचारका लागि समेत बनेपासम्म धाउनुपर्ने बाध्यतामा छन् । स्थानीय केशवबहादुर बस्नेतका अनुसार भवन तयार भइसके पनि त्यसको उचित संरक्षण र व्यवस्थापन हुन सकेको छैन । “एक वर्षभन्दा बढी भयो हस्तान्तरण भएको, तर अहिलेसम्म सञ्चालनमा आएको छैन,” उनले भने, “सुरक्षा गार्ड छैन, जडान गरिएको सीसीटीभी चलाइएको छैन, झ्यालका सिसा फुटेका छन् । पालिकाले जिम्मा लिएर पनि बेवास्ता गरेको छ…

विस्तृतमा...