स्वास्थ्य डायरी

काठमाडौं- नेपालमा बर्डफ्लु संक्रमण उग्र बन्दै गएको छ। सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार २०८३ वैशाख १ गतेसम्म देशका ६ जिल्लामा संक्रमण फैलिसकेको छ। यस आर्थिक वर्षको पहिलो संक्रमण २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाका सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट देखिएको थियो। त्यही संक्रमण अहिले देशका प्रमुख पोल्ट्री क्षेत्रहरूमा विस्तार हुँदै गएको छ। हालसम्म देशभर ३३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि सरकारले १ लाख ३० हजार ९१२ वटा पंक्षी नष्ट गरिसकेको छ। त्यस्तै २ लाख ३७ हजार ५६२ वटा अण्डा र ३३ हजार ४४५ केजी दाना…

विस्तृतमा...

सिरहा- सिरहाको नरहा गाउँपालिका–४ वर्छवास्थित प्रसूतिगृह एक जना अनमीको भरमा सञ्चालन भइरहँदा सेवा जोखिमपूर्ण बनेको छ। स्वास्थ्य मापदण्डअनुसार कम्तीमा दुई स्टाफ नर्स, एक स्वास्थ्य सहायक र एक कार्यालय सहयोगी आवश्यक पर्ने भए पनि उक्त प्रसूतिगृहमा हाल छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेल मात्र कार्यरत छन्। उनी नै चौबिसै घण्टा प्रसूति सेवा दिन बाध्य भएकी छन्। स्थानीय स्वास्थ्यकर्मीका अनुसार प्रसूतिगृहमा आवश्यक भौतिक पूर्वाधार भए पनि दक्ष जनशक्ति अभावका कारण सेवा प्रभावकारी बन्न सकेको छैन। चालु आर्थिक वर्षको नौ महिनामा यहाँ १९ जना महिलाले सुत्केरी सेवा लिएको तथ्यांक छ। वर्छवा स्वास्थ्यचौकीका प्रमुख महेशकुमार रजकका अनुसार विशेषगरी रातिको समयमा आपतकालीन प्रसूति अवस्था आउँदा एक…

विस्तृतमा...

काठमाडाैं- सरकारले आइतबार (हिजो) देखि सुरु गरेको बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि कार्यक्रम आज (सोमबार) पनि जारी रहने भएको छ। आज देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउने स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए। उनका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउने कार्यक्रम छ। त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन्। कार्यक्रममा करिब…

विस्तृतमा...

काठमाडौँ- सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन…

विस्तृतमा...

नेपालगन्ज- बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्स लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार योग शिविर चलिरहेको स्थानमा जाँदै गरेको अवस्थामा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो । दुर्घटनामा ज्यान गुमाएका भूमि लामिछाने योग गुरु समेत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा लामिछानेकी ५० वर्षीया पत्नी सीता लामिछाने…

विस्तृतमा...

जय पाठक (जेपी), चितवन- नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत उपत्यका बाहिर सबैभन्दा बढी मतदान सहित चितवन शाखा पहिलो भएको छ । शुक्रवार र शनिवार गरी दुई दिनसम्म सञ्चालन भएको मतदान प्रक्रियामा देशभरका विभिन्न शाखाबाट कुल ४ हजार २ सय ४४ मत मध्ये चितवनमा सबैभन्दा बढी ५ सय ४८ मत खसेको संघले जनाएको छ । निर्वाचनको पहिलो र दोस्रो दुवैदिन चिकित्सकहरूको उत्साहजनक उपस्थिति देखिएको सो केन्द्रका निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । चितवनमा भरतपुर अस्पतालको तालिम केन्द्रमा मतदान स्थल रहेको थियो । निर्वाचन अधिकृत डा. पौडेलका अनुसार निर्वाचनको पहिलो दिन शुक्रवार २ सय ६० मत…

विस्तृतमा...

विराटनगर – नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मानक स्थापित गर्ने ध्येयले विराटनगर आँखा अस्पतालमा अत्याधुनिक ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन ल्याइएको छ । नेपाल नेत्रज्योति सङघद्वारा सञ्चालित सो अस्पतालमा अर्बिस इन्टरनेशनलसँगका सहकार्यमा लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणाली (लिक्स) अन्तर्गत पहिलो पटक ‘डिजिटल ट्रेनिङ हब’ थालनी गरिएको हो । नेपालमै पहिलो पटक स्थापना गरिएको सो ‘हब’ले विशेष गरेर आँखा स्वास्थ्य सेवामा परम्परागत शिक्षण पद्धतिबाट प्रविधिमा आधारित आधुनिक चिकित्सा तालिमतर्फ ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ । अत्याधुनिक ‘सर्जिकल सिमुलेटर’, ‘वेट ल्याब’, ‘भर्चुअल लर्निङ सिस्टम’ तथा ‘साइबर साइट’ मार्फत उपलब्ध विश्वव्यापि टेलि–मेन्टोरिङ सुविधासहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले…

विस्तृतमा...

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले परीक्षण विना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन्। काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य सामाजिक सञ्जालबाट नगर्न आग्रह गरेका हुन्। सामाजिक सञ्जालमा चिकित्सकले गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्नाको साथै गलत…

विस्तृतमा...

चितवन – यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन देशका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ‘पाँचौ क्यान्सर कन्फ्रेन्स’ आयोजना गरिएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज हिजाे आयोजना गरेको एक दिवसीय ‘कन्फ्रेन्स’मा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिए । त्यस क्रममा क्यान्सर उपचारको नवीनतम प्रविधि, औषधि र उपचार प्रक्रियाबारे छलफल हुनुका साथै भारतका दुई र चीनका एकसहित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको उनले बताए । अस्पतालका उपनिर्देशक डा.उमेश नेपालका अनुसार पाँच वर्ष अघिबाट हरेक वर्ष अस्पतालले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पताल स्थापना दिवस (असोज १०) का अवसरमा…

विस्तृतमा...

कैलाली- कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणामा एक दम्पतीको जीवन रोग, गरिबी र भौगोलिक विकटताबीच संघर्षमा गुज्रिरहेको छ । स्थानीय कम्माने दमाईले बिरामी श्रीमतीलाई उपचारका लागि दैनिकजसो डोकोमा बोकेर साढे दुई घण्टाको उकालो–ओरालो यात्रा गर्न बाध्य छन् । उनकी श्रीमती जमुना दमाई मधुमेहका कारण गम्भीर बिरामी छिन् । खुट्टा सुन्निएर हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेपछि उनलाई पिठ्युँमा डोको र टाउकोमा नाम्लोको सहारामा बोकेर सडकसम्म पुर्‍याउनुपर्ने अवस्था बनेको हो । गाउँबाट सडक सञ्जाल नजोडिएकाले फल्लेबिसौनासम्म पुग्न मात्रै करिब साढे दुई घण्टा लाग्ने गर्छ, जहाँबाट मात्रै गाडी चढ्न सकिन्छ । दुई वर्षअघि मधुमेह देखिएकी जमुनाको स्वास्थ्य पछिल्लो समय झन् जटिल बन्दै गएको छ ।…

विस्तृतमा...