भारत- भारतको झारखण्ड राज्यस्थित गिरिडीह जिल्लामा गोलगप्पा (पानीपुरी) र चाट खाँदा एक सात वर्षीय बालकको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् । घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ । मुफस्सिल प्रहरी चौकीअन्तर्गत पर्ने लेडा बाजटो गाउँमा शनिबार साँझ एक ठेला व्यवसायीले गोलगप्पा र चाट बिक्री गरेका थिए । ती परिकार ठूलो संख्यामा गाउँलेहरूले खाएका थिए । खाना खाएको केही घण्टापछि नै शनिबार रातिदेखि महिलाहरू र बालबालिकासहित धेरै व्यक्तिमा पेट दुख्ने, बान्ता हुने तथा असहज महसुस हुने समस्या देखिएको थियो । त्यसपछि २० भन्दा बढी बिरामीलाई आइतबार बिहान उपचारका लागि सदर अस्पताल पुर्याइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।…
स्वास्थ्य डायरी
काठमाडौँ- विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अप्ठ्यारो भएको हो । महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो । विसं २०८१ साउनमा चितवनको एक अस्पतालमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भयो । भरतपुर महानगरपालिका–२६ की ३२ वर्षीया नवीना महतोको अत्यधिक रक्तस्राव नरोकिएपछि अकालमा निधन भएको थियो । तत्कालीन समयमा गर्भपतन सेवा दिएको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी नै…
चितवन – जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकसँगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिएका छन् । स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई चिकित्सकहरुले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उनले निर्देशन दिए । चिकित्सकहरुको व्यवहार राम्रो नभएको, डायलासिस लगायतका सेवा दर्ता नगरी दिएको, एम्बुलेन्सहरुले बिरामी ल्याएबापत कमिसन दिने गरेको, अस्पतालजन्य फोहोर व्यवस्थित नगरिएको उनको भनाइ थियो । उनले भने, “बिरामीको मृत्यु हुँदा आँसु झार्नु भनेको होइन, तर चिकित्सक संवेदनशील हुनै पर्छ ।” अस्पतालहरुले बीमा र नगदका बिरामीलाई फरक व्यवहार गरेको, अनावश्यक परीक्षणहरु गर्ने गरेको, विपन्नको उपचार प्रबन्ध राम्रो नभएको, ज्येष्ठ नागरिकले…
काठमाडौं – स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ। दक्षिण एसियाकै महत्वपूर्ण मानिएको यो प्रदर्शनी वैशाख १७ देखि १९ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एसडी प्रोमो मिडिया प्रालिले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको एक्स्पोमा यस वर्ष ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन्। साथै ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १,००० भन्दा बढी स्वास्थ्यसम्बन्धी उत्पादन तथा सेवाहरू एकै स्थानमा प्रदर्शन गरिने आयोजकले जनाएको छ। प्रदर्शनीलाई स्वास्थ्य सेवा, औषधि तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण ‘बीटुबी’ प्लेटफर्मका रूपमा लिइएको छ। यसमार्फत व्यापारिक सहकार्य विस्तार, नयाँ प्रविधिको आदान–प्रदान र…
काठमाडौं- अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरूलाई काठमाडौं महानगरपालिकाले शारीरिक तथा मानसिक स्वास्थ्य सेवा प्रदान गरेको छ। महानगरले स्वास्थ्यकर्मीको टोली परिचालन गरी उनीहरूको स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध गराएको हो। स्वास्थ्य विभागका अनुसार हालसम्म ६ जना (४ पुरुष र २ महिला) कम रक्तचापको समस्याबाट प्रभावित देखिएका छन्। त्यस्तै, २ जना पुरुषमा ढाड तथा जोर्नी दुखाइ, १८ पुरुष र ६ महिलामा टाउको दुखाइ, २ जना गर्भवती महिला तथा एक जनामा चोटपटकको समस्या देखिएको छ। साथै विभिन्न अन्य स्वास्थ्य समस्या भएका थप १२ जनालाई पनि उपचार सेवा प्रदान गरिएको छ। महानगरले शारीरिक स्वास्थ्यसँगै मनोसामाजिक परामर्श पनि…
काठमाडौं – ‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित देशभर विश्व खोप सप्ताह मनाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म विशेष सचेतना अभियान सञ्चालन गर्दै बालबालिकाको खोप सुनिश्चित गर्न जोड दिएको हो। मन्त्रालयका अनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका घातक रोगविरुद्धका खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ। देशभरका स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवा विस्तार गर्दै सरकारले पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई प्राथमिकतामा राखेको जनाएको छ। खोप कार्यक्रमले बालमृत्युदर घटाउन र संक्रामक रोगको जोखिम न्यून गर्न महत्त्वपूर्ण भूमिका खेलेको मन्त्रालयको भनाइ छ। अभियान अवधिमा अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै खोप लगाउन आग्रह गरिएको छ। साथै, खोप सुरक्षित र…
बुटवल – बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणले गम्भीर मोड लिएको छ। घटनामा संलग्न एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ भने सम्बन्धित स्वास्थ्य संस्थामाथि समेत कडा कारबाहीको प्रक्रिया अघि बढाइएको छ। छानबिन समितिको सिफारिसका आधारमा काउन्सिलले डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो। काउन्सिलका रजिष्ट्रार डा. सतिषकुमार देवका अनुसार शनिबार बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो। काउन्सिलले घटनामा संलग्न ‘जोनल फार्मेसी’ र ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’लाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ। साथै उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाहीको सिफारिस गरिएको जनाइएको छ। पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता…
धनगढी- सुदूरपश्चिम प्रदेशमा औलो (मलेरिया) पुनः बढ्न थालेसँगै स्वास्थ्य क्षेत्र फेरि सतर्क मोडमा पुगेको छ। औलो निवारणको लक्ष्य नजिक पुगेको अवस्थामा देखिएको यो पुनः वृद्धि प्रदेशका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ। नेपालले सन् २०३० सम्म स्थानीय औलो शून्यमा झार्ने लक्ष्य लिएको भए पनि सुदूरपश्चिमको पछिल्लो तथ्यांकले त्यो लक्ष्य प्राप्ति सहज नहुने संकेत गरेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर ३८७ जनामा औलो पुष्टि भएको छ। तीमध्ये ३७३ आयातित र १४ स्थानीय (इन्डिजिनस) केस रहेका छन्। यसले औलोको मुख्य स्रोत अझै बाह्य मुलुक रहेको देखाए पनि स्थानीयस्तरमै संक्रमण देखिनु चिन्ताजनक पक्ष बनेको छ। स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका भेक्टर…
डडेल्धुरा- परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपले एकै घरमा शोक छाएको छ। एकै परिवारका चार जनालाई एक्कासी झाडापखाला लागेपछि अस्पतालतर्फ ल्याइँदै गर्दा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो। जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना भई उपचाररत छन्। तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा अत्यधिक चिन्ताका कारण प्रभावित भएको उनले बताए। उनीहरूमा हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए। प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशंका गरिएको छ। हाल उपचाररत सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
काठमाडौं- यो कोठा कहाँ पर्छ ?मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो, ‘उ त्यहाँनिर ।’ मैले पत्ता लगाउन सकिन र फेरि सोधेँ । अर्को पटक मुखैमा नहेरी उनले फेरि उ क्या त्यहीँनिरै भने । मैले दोस्रो पटक पनि देखिन । तेस्रो पटक सोध्दा ती अस्पतालका कर्मचारीले झर्किँदै भने, ‘ओ बहिनी के हो ? कान सुनिँदैन कि क्या हो ?’ अघिल्लो बुधबार काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट डिस्चार्ज भएकी एक सुत्केरी आमाले काखमा नवजात शिशु समाउँदै वर्ष दिनअघिको त्यो यो क्षणको स्मरण गरिन् । यो क्षण सम्भवतः उनले जीवनमा धेरै पछिसम्म पनि भुल्न सकिनन् होला । उनका अनुसार त्यो दिन गर्भवती भएको पहिलो…

