Aricle Tech

काठमाडौं- राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले देशभर डेँगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशभर डेँगुको प्रकोपले जनता हैरान रहेको बताइन् । उनले डेँगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् ? त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गरिन् । उनले हैजा र डेँगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गरिन् । सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाइन् ।

विस्तृतमा...

काठमाडौँ- ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा पाल्पाकी २७ वर्षीय खुशी मगरको निधन भएको विषय प्रतिनिधिसभा बैठकमा उठान भएको छ । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मगरको पत्थरीको अप्रेसनको क्रममा उनको निधन भएको  भन्दै यसको छानबिनका लागि समिति गठन गर्न सकारसँग माग गरेका हुन् ।  मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको उनले ध्यानाकर्षणसमेत गरेका छन् । बैठकको आकस्मिक समयमा बोल्दै उनले किष्ट मेडिकल कलेजको गम्भीर लापरवाही रहेको भन्दै परिवारले आन्दोलन गर्दा सुनुवाई नभएको बताए । ‘नेपाल सरकारको तत्काल ध्यान जाओस्। छानबिनका लागि समिति बनाओस्‚’ उनले भने ।

विस्तृतमा...

काठमाडाै- मङ्कीपक्स एक प्रकारको भाइरस हो । यो सर्वप्रथम बाँदरमा देखिएको हुनाले यसको नाम मंकिपक्स रहन गएकाे हो । सुरूमा जनावरबाट मानिसमा सरेको भएता पनि अहिले याे मानिसबाट मानिसमा सर्ने गरेको छ । पछिल्लो समयामा यो तिव्र रूपमा फैलिरहेको छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सङ्क्रमित व्यक्ति वा जनावरको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिरामीको शरिरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्याल आदिको माध्यमबाट सर्छ । छाला छाेइएमा, शारिरीक सम्पर्क र भाइरस रहेको ओछ्यान वा लुगाबाट पनि सर्न सक्छ । याे राेग लागेमा सामान्य रुघाखोकी, घाँटी दुख्ने, ज्वराे आउने, खाना खान मन नलाग्ने, शरीर दुख्ने, वाकवाक…

विस्तृतमा...

काठमाडाैं- अन्य रोग जस्तै स्क्रब टाइफाइ एक प्रकारको सरुवा रोग हो । यो रोग किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मनिसमा सर्दछ । यो रोग माइटमा पाइने ‘ओरेइन्सिया सुसुगामुसी’ भन्ने जिवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल, घर वरिपरीका झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । स्क्रब टाइफस कसरी सर्छ ?यो त्यस्तो प्रकारको सरूवा रोग हो जुन मुसामा लाग्ने किरा जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन । स्क्रब टाइफसका लक्षणहरू-धेरै ज्वराे आउनु (कम ज्वराे समेत आउन सक्छ) । – धेरै टाउको दुख्नु तथा पसिना धेरै आउनु । -आँखा रातो हुनु ।…

विस्तृतमा...

झापा- इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् । फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्धामा यही भदौ २ गते विर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो । हिरासतमा रहँदा अत्याधिक पेट दुखेको बताएपछि राईलाई मङ्गलबार अपराह्न ४ बजेतिर विर्तामोडको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । हतकडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् । अस्पतालमा खेर गैरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो । अब केन्द्रले हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ…

विस्तृतमा...

न्यूयोर्क- विश्वकै बढी उमेरकी महिलाको निधन भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा मंगलबार निधन भएको हो । सीएनएनका अनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर) ले विज्ञप्ति जारी गर्दै मोरेराको ११७ वर्ष १६८ दिनको उमेरमा निधन भएको हो । जीडब्लूआरका अनुसार उनी विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौं व्यक्ति हुन् । २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी ११८ बर्षिय सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् । मोरेराको जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाईं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो । उनी कोभिड १९ को संक्रमणबाट निको हुने सबैभन्दा…

विस्तृतमा...

काठमाडाैं- हैजा भिब्रियो कोलेरा भन्ने एक प्रकाको व्याक्टेरियाको कारणले हुने संक्रमण हैजा हो । जसको असरले निरन्तर पातलो दिसा आउनसक्छ । नेपालमा लामो इतिहास बोकेको हैजा धेरै देशबाट उन्मुलन भएतापनि नेपालमा निरन्तर देखिरहेको छ । जसले जथाभावी खानपिन गर्ने आनीबानीमा अझै पनि सुधार नभएको संकेत गरेको छ । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार हैजा लाग्दा दिसा एकदमै पातलो वा चौलानी पानी जस्तो आउने, बिरामीले दुखाइको महसुस नगरे पनि उसको शरीरको सोडियम पोटासियमको मात्रा नमिलेर मांशपेशीहरू बाउँडिने हुन्छ । अशुद्ध पानी पिउँदा, जथाभावी खानेकुरा खाँदा लगायत सरसफाईमा ध्यान नदिंदा यसको सङ्क्रमण व्यापक रूपमा फैलिने गर्छ ।…

विस्तृतमा...

चितवन- चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल मृत्यु भएको हाे । अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । सूचना अधिकारी पाैडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या थियाे । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक…

विस्तृतमा...

-डा. ओम मूर्ति अनिलहामीले हाम्रो दिमागमा जस्तो कुरा राख्छौं, हामीलाई हाम्रो जीवन पनि त्यसरी नै चलेको महसुस हुन्छ भनेर लेखक टिडियस् फोरस्कले भनेका छन् । उनी ‘थिङ्क स्ट्रिक, चेन्ज योर थट चेन्ज योर लाईफ’ पुस्तकका लेखक हुन् । हाम्रो दिमागमा दिन प्रितिदिन फरक फरक कुराहरू आइरहन्छन् । तनावमा व्यक्तिले खतराको अनुभव गर्छ, परिस्थितिसंग संघर्ष गर्छ, शारिरीक प्रतिक्रियाहरु उत्पन्न हुन्छन् र लामो समय रहेमा थाक्ने स्थिति पनि आउनसक्छ । यसरी गर्नुहाेस् तनाव व्यवस्थापन -तनावलाई व्यवस्थापन गर्न आफूभन्दा कमजोर व्यक्तिसँग आफूलाई तुलना नगर्नुहाेस्, आफूले गरेको काममा सन्तुष्ट बन्नुहाेस्, सँधै कुनै न कुनै कार्य गर्न सकृय भइरहनुहाेस्, अरुलाई दोष लगाउनुभन्दा आफूमा पनि कमजोरी…

विस्तृतमा...