

काठमाडौँ- ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा पाल्पाकी २७ वर्षीय खुशी मगरको निधन भएको विषय प्रतिनिधिसभा बैठकमा उठान भएको छ । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मगरको पत्थरीको अप्रेसनको क्रममा उनको निधन भएको भन्दै यसको छानबिनका लागि समिति गठन गर्न सकारसँग माग गरेका हुन् । मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको उनले ध्यानाकर्षणसमेत गरेका छन् ।
बैठकको आकस्मिक समयमा बोल्दै उनले किष्ट मेडिकल कलेजको गम्भीर लापरवाही रहेको भन्दै परिवारले आन्दोलन गर्दा सुनुवाई नभएको बताए । ‘नेपाल सरकारको तत्काल ध्यान जाओस्। छानबिनका लागि समिति बनाओस्‚’ उनले भने ।



