काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। “नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिँदैन”, उनले भने । उनले मङ्कीपक्सको पूर्वतयारबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा. बुढाथोकीले जानकारी र्दिए । उनका अनुसार मन्त्रालयले सात वटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका…
Aricle Tech
काठमाडाैं- क्वाटी विशेषगरी नेवारी परिकारमा पर्छ । विशेष गरेर जनै पूर्णिमाको दिनमा याे खाने गरिन्छ । यसले एक छुट्टै पहिचान बोकेको छ । सुरूमा बर्खायाममा खेती गरेर शरीरमा चिसो लागेको हुन्छ भनेर त्यसलाई क्वाटीले हटाउँछ भन्ने मान्यताका साथ क्वाटी खाने गरियो । पछि त्यो परम्पराको रूपमा स्थापित हुन पुग्यो । ‘क्वा’ को अर्थ तातो ‘ति’ को अर्थ सुप वा झोल भन्ने अर्थ दिने नेपाल भाषाको क्वातिबाट अपभ्रंस भएर क्वाटी बनेको हो । जसको अर्थ तातो सुप भन्ने हुन्छ । यो गोडागुडिको मिस्रण हो, जसलाई टुसा उम्रिनेगरी भिजाइएको हुन्छ । क्वटीमा केराउ, बकुल्ला, चना, मुँग, केराउ, मास, भटमास लगायत नौ प्रकारका…
खोटाङ- झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ । तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको हिजाे साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए । बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो । भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए। बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उनले बताए। आर्थिक…
चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ ’ सेवालिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा लिन विगतमा एक साता पालो कुर्नुपर्दथ्यो । अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा नितु शर्माका अनुसार विभागमा रिक्त दुईजना रेडियोलोजिष्ट थप गरेर अतिरिक्त समयमा सेवा दिन थालेपछि पालो कुर्नुपर्ने बाध्यता हटेको हो । उनले भनिन्, “नयाँ व्यवस्थापन आएपछि पाँच वर्षदेखि रिक्त दुईजनाको दरबन्दी पूरा भएको छ ।” यससँगै बिहान ८ः०० बाट साँझ ८ः०० वजेसम्म १२ घण्टा सेवा दिन थालिएको विभागीय प्रमुख डा शर्माले बताइन् । विभागमा सातजना रेडियोलोजिष्टको दरबन्दी छ । यसअघि पाँचजना रेडियोलोजिष्टले मात्र…
काठमाडाैं- हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट चिकित्सा शिक्षा ऐन र नियमावली सम्बन्धी गरिएको फैसलाविरुद्ध निवेदन दिइएको छ । चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय व्यवस्थाहरूलाई निष्प्रयोजित बनाएर बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि गरिएका निर्णयहरु पुनरावलोकन गर्न माग गर्दै डा. गोविन्द केसी र शशि विक्रम कार्कीले सर्वोच्चमा निवेदन दिएका हुन् । एक विज्ञप्ति जारी गर्दै डा केसीले संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर संयुक्त इजलासबाट गरिएको फैसलालाई सम्मानित अदालतले पुनरावलोकन गर्छ र न्यायिक अराजकतालाई मान्यता दिंदैन भन्नेमा आफू विश्वस्त रहेको जनाएका छन् । ‘जनहितमा जारी भएका राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीको पवित्र उद्देश्य हासिल गर्ने सन्दर्भमा सिर्जना भएको तगारो…
काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्तर्गतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ । गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसैवर्ष चिकित्सा शिक्षा शुरु गर्ने घोषणा गरेका थिए । मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप श्रोत सुनिश्चित नहुँदा पढाइ सुुरु गर्न सकिएको थिएन ।मन्त्रालयले अर्थसँग समन्वय गरे पछि हालै रकम सुनिश्चित बनेको हो ।…
-डा. छिरिङ स्याङ्बो काठमाण्डौं । अहिलेको अवस्थामा ग्यास्ट्राइटिस अर्थात ग्यास्ट्रिकले नसताउने वा ग्यास्ट्रिक नभएको मानिस भेट्नै मुश्कि हुन .थालेको छ । अझ कतिले त ग्यास्ट्रिकलाई राष्ट्रिय रोग नै भन्ने गरेका छन् । यसको अर्थ अधिकांश मानिस ग्यास्ट्रिक पीडित हुने गरेको पाइन्छ । अहिलेको खानपान र जीवनशैलीको कारण दिनप्रतिदिन ग्यास्ट्रिक रोगिहरूको संख्या बढिरहेको छ । सामान्य अवस्थामा यो नसर्ने रोग हो । तर, तपाईंलाई अचम्म लाग्नसक्छ, ग्यास्ट्रिक पनि सर्छ भन्ने सुनेर । हो, विशेष अवस्था वा नजिक दुरी रहने व्यक्तिहरू बीच यो सर्न पनि सक्छ । एउटै परिवारमा बस्ने वा सामाजिक दुरी नजिक भएका व्यक्तिबीच यो रोग सर्न सक्छ । नजिकका…
काठमाडाैं- अमेरिकामा गत जुलाई ३१ देखि बेपत्ता रहेकी नेपाली नर्स अझै भेटिएकी छैनन् । भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत ममता काफ्ले भट्ट दुई साताभन्दा बढी समयदेखि बेपत्ता भएकी हुन् । ममताको छोरीलाई समेत छाडेर उनी बेपत्ता भएकी हुन् । ममताकी श्रीमान नरेश भट्टले श्रीमती हराएको तीन दिनपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए । ममता काममा नआएपछि प्रिन्स विलियम मेडिकलका उनका साथीहरूले अगस्ट १ मै प्रहरीलाई जानकारी गराएका थिए । तर, भोलिपल्ट नरेशले श्रीमती नहराएको भन्दै प्रहरीलाई फर्काइदिएका थिए । यसबारे एक टेलिभिजनमा प्रश्न सोध्दा नरेशले यसअघि पनि दुई-तीन पटक श्रीमती घरबाट बेपत्ता भएकाले उजुरी नगरेको बताएका थिए ।…
दमौली (तनहुँ)- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । आयुर्वेद सेवाप्रति जिल्लामा सर्वसाधारणको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । कार्यालयले आव २०७९/८० मा भन्दा गत आवमा सात हजार चार सय ६७ बढीले सेवा लिएको कार्यालयका आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताए । बहिरङ्ग (ओपिडी) नौ हजार दुई सय ७१, ज्येष्ठ नागरिक सेवा एक हजार छ सय २४, योग आठ हजार तीन सय ४३, पञ्चकर्म तथा पूर्वकर्म पाँच हजार पाँच सय १३, स्तनपायी आमालाई मातृशिशु…
कैलाली- धनगढी उपमहानगरपालिकाका बहादुर चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा अघिल्लो दिन दिएको रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा लाइनमा बस्नुप(यो । स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगेका चौधरीलाई चिकित्सकले रगत जाँच गराउन भनेपछि अस्पताल परिसरको प्रयोगशालामा रगत दिन उनले अघिल्लो दिन डेढ घन्टा लाइनमा बस्नुपरेको थियो । रगतको रिपोर्ट लिन लाइनमा बसेका अर्का एक बिरामी लाइनमा बस्दा धकेलाधकेल हुन थालेपछि रिपोर्ट नलिइ फर्किए । धनगढीकै अर्का बिरामी हरिनादेवीलाई रगत दिन लामो समय लाइनमा बस्नुप(यो । बहिरङ्ग सेवा कक्ष अगाडि चिकित्सकको पर्खाइमा मुटुरोगीहरु डेढ घन्टाभन्दा बढी उभिएर लाइनमा बस्ने गरेका छन् । कोठाको बाहिरतर्फ बिरामी बस्नका लागि बेञ्च, डेस्कको व्यवस्था नगरिँदा उभिएर पालो…

