

काठमाडाै- मङ्कीपक्स एक प्रकारको भाइरस हो । यो सर्वप्रथम बाँदरमा देखिएको हुनाले यसको नाम मंकिपक्स रहन गएकाे हो । सुरूमा जनावरबाट मानिसमा सरेको भएता पनि अहिले याे मानिसबाट मानिसमा सर्ने गरेको छ । पछिल्लो समयामा यो तिव्र रूपमा फैलिरहेको छ ।
यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सङ्क्रमित व्यक्ति वा जनावरको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिरामीको शरिरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्याल आदिको माध्यमबाट सर्छ । छाला छाेइएमा, शारिरीक सम्पर्क र भाइरस रहेको ओछ्यान वा लुगाबाट पनि सर्न सक्छ ।
याे राेग लागेमा सामान्य रुघाखोकी, घाँटी दुख्ने, ज्वराे आउने, खाना खान मन नलाग्ने, शरीर दुख्ने, वाकवाक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । हेर्दा ठेउला जस्तै दिखिने यो रोग चेकजाँच नगरी मङ्कीपक्स नै लागेको हाे भनेर थाहा पाउन गाह्नाे हुन्छ ।
यो संक्रमण फैलिन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । सकेसम्म मानिसको भिडभाडमा नजाने, जानै परे गएर आएपछि अनिवार्य रूपमा हात धुने, अरुको मालसामान प्रयोग नगर्ने, कसैलाई यो रोगको शंका लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।
(सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग स्वस्थ्य डायरीले गरेको टेलिफोन कुराकानीमा आधारित)



