Aricle Tech

काठमाडौं- मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपत्काल घोषणा गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७०० जनामा संक्रमण देखिएको र तीमध्ये ५७० जनाको मृत्यु भइसकेको बताए । भाइरसबाट धेरै संक्रमित भएकाहरू युवा छन् । सन् २०२२ डिसेम्बरमा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देश र महाद्वीपबाहिरका अरू धेरैलाई असर गरेको छ । त्यहाँका स्वास्थ्यमन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठूलो मात्रामा संक्रमण फैलनबाट रोक्न मद्दत गरेको बताए । अफ्रिकी संघको स्वास्थ्य एजेन्सीका अनुसार, २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाको संख्या २०२३ को सोही अवधिको…

विस्तृतमा...

काठमाडाैं- नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो । हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ४१ जना बिरामी भएका छन् । पछिल्ला पाँच दिनमा काठमाडौंमा पाँचजनामा हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । हैजा सङ्क्रमित ५८ जनामध्ये ५६ जना निको भइसकेका छन् । हैजा एस भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले सानो आन्द्रामा हुने सङ्क्रमण हो । यो सुरुमा सामान्य रूपमा देखिएपनि पछि जटिल बन्न सक्छ । हैजाको किटाणू शरीरमा प्रवेश…

विस्तृतमा...

काठमाडौं- नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो । हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ४१ जना बिरामी भएका छन् । पछिल्ला पाँच दिनमा काठमाडौंमा पाँचजनामा हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा सातजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । हैजा सङ्क्रमित ५८ जनामध्ये ५६ जना निको भईसकेका छन् ।

विस्तृतमा...

काठमाडाैं- झट्ट हेर्दा बहिरी शरीरमा कुनै पनि प्रकारको समस्या नदेखिने तर मष्तिस्कमा समस्या भइरहेको हुन्छ । वैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरूस्ती नहुनू मानसिक स्वास्थ्य समस्या हो । सामान्य अर्थमा मनसिक स्वास्थ्य समस्यालाई मानिसको मन मष्तिस्क, सोच र व्यवहारको समस्या भनेर बुझ्न सकिन्छ । मानसिक स्वास्थ्य समस्याले मानिसको जीवनमा ठूलो असर पारेको भएतापनि यसको समधानका लागि व्यक्तिगत तथा समुदायिक स्तरबाट खासै पहल भएको पाइदैन । यसको उपचार सम्भव भएतापनि यसप्रतिको लाञ्छना, विभेद, अज्ञानता र कलङ्कका कारणले नेपालमा यो प्रभावकारी बन्न सकेको छैन । मानसिक स्वास्थ्य समस्याका कारणहरू: -अणूवांशिक कारणः पहिलेको पुस्तामा मानसिक समस्या थियो भने त्यो पछिल्लो पुस्तामा देखिन्छ । -जैविक…

विस्तृतमा...

सङ्खुवासभा- सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि कुटपिट भएको छ । पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज वैद्य ज्ञानेन्द्र प्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए । शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए । जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोप छ । घटना लगत्तै पीडित शाहले स्थानीय प्रहरी पोस्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाई बुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः इन्चार्ज शाहको कोठामा पुगेर धम्क्याएको पीडितले बताए । शाहले सोमबार इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।…

विस्तृतमा...

काठमाडौँ- देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन् । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ।

विस्तृतमा...

बैतडी- बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा. शरद पाण्डेय राजीनामा दिएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहिन बनेको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा छ महिना सेवा गरेका डा. पाण्डेलले गत असार अन्तिमबाट लागू हुने गरेर राजीनामा गरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । डा. पाण्डे अन्य पालिकामा गएका छन् । पाटन नगरपालिकाले डा. पाण्डेललाई करार सेवामा राखेको थियो । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि पोष्टमार्टम लगायतका अन्य कामहरु रोकिएका छन् । चिकित्सकको अभावमा नागरिकलाई सेवा पाउन मुस्किल हुने बताइएको छ । स्वास्थ्य बीमा अन्तर्गतका सेवाग्राही लगायत अन्य बिरामीहरु पनि…

विस्तृतमा...

काठमाडाैं- रगत दियो भने रोग सर्छ अथवा कमजोर भइन्छ भन्ने मानिसको भिडमा १०६ पटकसम्म रक्तदान गरेका व्यक्ति पनि छन् । उनी हुन् कैलालीकाे धनगढी उपमहानगरपालिकाका दिपक उपाध्याय नेपाल । १०६ पटक रगत दिएर कैयौँ व्यक्तिको ज्यान बचाएका उनले रक्तदानका लागि प्रेरणा पनि दिइरहेका छन् । पछिल्लो पटक साउन २६ गते रगत दिएर १०६ पटक रक्तदान गरेकाे रेकर्ड राखेका उनले त्याे कार्य गर्ने प्रेरणा आफ्नो दाजुबाट मिलेको स्वास्थ्य डायरीलाई बताए । उनी मानिसमा अझै पनि रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या हुने हो कि भन्ने चेतनाको कमी रहेको बताउँछन् । उनी भन्छन्, ‘ब्लड डोनेट गर्दा असहज महसुस हुन्छ भन्ने भ्रम मात्रै हो…

विस्तृतमा...

काठमाडाैं- हाम्रो शरीरमा साधारणतया तीस ट्रिलियन्स सेल (कोष) हुन्छन् । सेलको आयू सामान्यतया दुई दिनको हुन्छ । जसमा कम्तिमा २ सय प्रकारका सेल हुन्छन् । एउटा सेल नष्ट हुनासाथ अर्को सेल उत्पादन हुन्छ । ती विभिन्न सेलहरूमध्ये स्टिम सेल पनि एक हो, जसको माध्यमबाट अर्को सेल उत्पादन हुनसक्छ । खासमा मान्छेको शरीरमा जुन कुरा चाहिएको छ त्यो कुरा बनाउनसक्ने क्षमता भएको सेल स्टेमसेल हो । हाम्रो शरीरमा भएका स्टिम सेलहरू जति सकृय हुन्छन, त्यति नै हामी फुर्तिलो हुन्छौं । स्टेम सेलको मात्रा हाम्रो शरीरमा कम भयो भने वा निश्कृय भयो भने मानिस कम उमेरमा नै बुढो देखिन्छ । स्टिम सेल…

विस्तृतमा...

कैलाली- कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । दुई वर्ष अगाडि धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो । विसं २०७८ वैशाखमा २८ करोड ८१ लाख लागतमा निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर २०७९ साउनमा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । उनले भने, “होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म केही निर्णय भएको छैन । एक पटक रक्षा मन्त्रालयको…

विस्तृतमा...