काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि १७ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति दिएको हो।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले कुल १७ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ। निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
कान्तिपुर फर्मास्युटिकल्स पशुपन्छीका औषधि तथा पोषणसम्बन्धी सामग्री उत्पादन गर्ने कम्पनी हो। यसको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारी र कारखाना काभ्रेको पाँचखालमा छ।
Last Modified Date: २०८३ कार्तिक २१, शुक्रबार








