Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

चिकित्सा शिक्षा आयोगमा डा. अञ्जनी झाको नियुक्तिमा डा. केसीको ‘कुटनीतिक’ असन्तुष्टि

Aricle TechBy Aricle Tech२०८० भाद्र २५, सोमबार
Share
Facebook Twitter

काठमाडौं, २५ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनी झा नियुक्त भएकोमा डा. गोविन्द केसीले कुटनीतिक असन्तुष्टि जनाएका छन् ।

सोमबार एक विज्ञप्ति निकाल्दै डा.केसीले आफ्नो आन्दोलनलाई सशक्त रुपमा समर्थन गरेको नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष झालाई आयोगमा उपाध्यक्ष भएर आउँदा स्वागत गर्ने अपेक्षा गरिएको थियो । तर, डा. केसीको मनशाय अर्कै रहेछ । डा. केसीले डा. श्रीकृष्ण गिरिलाई नै पुनः आयोगको उपाध्यक्ष बनाउन चाहेको कुरा आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा डा. केसी उल्लेख गर्छन, ‘विगत चार वर्षमा चिकित्सा शिक्षा आयोगले चरम् राजनीतिक दबाबका बीच, माफियाहरुको घेराबन्दी र प्रधानमन्त्रीको नाजायज हस्तक्षेपका बाबजुद आफ्नो स्वायत्तता र साख बचाउन सक्नुको मुख्य कारण नै यसका पदाधिकारीहरुको निःस्वार्थ भुमिका थियो । त्यही भुमिकाका कारण मेडिकल माफियाहरुको प्रभावमा परेर अहिलेको सरकारले आयोगका तत्कालीन उपाध्यक्षलाई पुनः नियुक्त नगरेर दण्डित गरेको छ ।’

डा. केसीले आयोगको उपाध्यक्ष नियुक्त भएका डा. झाको यसअघिको संलग्नतामा पनि प्रश्न उठाएका छन् । उनले डा. झा यसअघि निजीस्तरको संस्थाको कार्यकारी पदमा रहेको भन्दै स्वार्थको बझान हुनसक्ने र माफियाहरुको घेरामा चिकित्सा शिक्षा आयोग पर्ने चिन्ता केसीले व्यक्त गरेका छन् ।

विज्ञप्तिमार्फत केसीले विद्यार्थीहरु बाहिर जान बाध्य भएको भनेर हल्ला पिटाइएको दावी गरेका छन् । ‘चिकित्सा शिक्षा आयोगलाई घेराबन्दी गरिरहेका छन् । आयोग र चिकित्सा शिक्षा ऐनका कारण नर्सिंग लगायतका विषयहरुमा विद्यार्थी बाहिरिएको भनेर चौतर्फी हल्ला पिटिरहेका छन् ।’

डा. केसीले पूर्व उपाध्यक्षलाई डा. गिरीलाई नै नियुक्त गर्नुपर्ने भनेपनि डा. झालाई पनि शंकाको सुविधा दिएका छन् । उनले आफ्नो बटमलाईनमा झाको नियुक्ति बदर गर्नुपर्ने माग गरेका छैनन् । बरु, स्वार्थ समुहको घेराबन्दीबाट जोगिएर निस्वार्थ रुपमा काम गर्न सुझाव दिएका छन् । बरु, डा. केसीले आफ्ना अरु मागहरु एकीकृत प्रतिष्ठान ऐन, सातैप्रदेशमा मेडिकल कलेजको स्थापना गर्ने लगायतको माग पुरा गर्ने सुनिश्चितता नभए आउँदो भदौ २९ गतेदेखि अनशन बस्ने चेतावनी पनि दिएका छन् ।

डा. केसीले २०७२ ७३ सालतिर अनसन गरेर चिकित्सा शिक्षा ऐनको माग गरिरहँदा उनको अनसनलाई निर्णायक बनाउन भूमिका खेलेका थिए डा. झाले । नेपाल चिकित्सक संघका तत्कालिन अध्यक्ष डा. झाले डा. केसीको माग पूरा गराउन अस्पतालको सेवा नै बन्द गर्नेसम्मका कडा आन्दोलन चलाए । तथापी, डा. केसीले उनको नियुक्तिमा आशंका व्यक्त गर्दै शंकाको सुविधा दिएका छन् र पूर्वउपाध्यक्षलाई पनि सान्त्वना दिने कोशिस गरेका छन् ।
Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.