गोरखा– गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम लिदैँछन् ।
गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित महिलालाई व्यवसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो। गाउँपालिकाको समन्वय, युएसएआइडीको आर्थिक सहयोग र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा भएको तालिममा नवपालुवा महिला कृषक समुहका २१ महिलाको सहभागिता रहेको एड्वानका परियोजना संयोजक कमल बसेलले जानकारी दिए।
ुसहिद लखन गाउँपालिकालाई स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर बनाउने योजनाअनुसार तालिम सञ्चालन गरिएको होु, उनले भने, ुसहभागीले तालिम सम्पन्न गरेपछि गाउँपालिका, एड्वान र प्रशिक्षार्थीको सहकार्यमा पालिकाभित्रै स्यानिटरी प्याड उत्पादन गरी आयआर्जनको अवसर प्राप्त गर्नेछन्।ु
विद्यालय किशोरी कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्यानिटरी प्याड बाहिरबाट खरिद गरेर ल्याउनका लागि हरेक वर्ष वार्षिकरुपमा लाखौँ रकम विनियोजन गर्दै आएकोमा अबदेखि गाउँमै प्याड उत्पादन गरी महिलालाई रोजगारी पनि दिने र आर्थिक आयआर्जन वृद्धि गर्दै विपन्न तथा सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको संयोजक बसेलको भनाइ छ।
ुयसले महिलालाई आत्मनिर्भर पनि बनाउँछु, उनले भने, ुगाउँपालिका पनि स्यानिटरी प्याडमा आत्मनिर्भर हुने हुँदा रोजगारीको सिर्जना पनि हुन्छ।ु तालिम सम्पन्न भएलगत्तै गाउँपालिका, एड्वान र तालिममा सहभागी महिला मिलेर संयुक्तरुपमा स्यानिटरी प्याड उत्पादन सुरु गर्ने उनले जानकारी दिए।
स्यानिटरी प्याड निर्माणका लागि आवश्यकमेसिनसमेत खरिद गरी सोही मेसिनबाट नै प्याड उत्पादनको तालिम सञ्चालन भइरहेको हो। मेसिन खरिदका लागि गाउँपालिका र एड्वानले रु पाँच/पाँच लाख लगानी गरेका छन् भने तालिममा सहभागी २१ जना महिलाले रु १५र१५ हजारका दरले रु तीन लाख १५ हजार लगानी गरेको उनले बताए।