काठमाडौँ– नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी सम्बन्धि सम्मेलनमा आयोजना भएको छ । दुई दिने उक्त तालिम आजदेखि ललिपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा सुरु भएको हो
सो सम्मेलनबाट चिकित्सा क्षेत्रमा वैकल्पिक उपचार विधिको विकास हुने विश्वास गरिएको छ।
के हो रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी ? पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्र भन्छन्, ‘यो चिकित्साशास्त्रको एक विशिष्टीकृत विधा हो। जसले आधुनिक उपचार विधिमा धेरै नै राम्रो नतिजा दिन समेत सफल भएको छ। चिकित्सा विज्ञानमा शल्यक्रिया तथा औषधि सेवन मात्रै नभई उपचारका लागि नयाँ विधिसमेत आवश्यक छ भन्ने जानकारी प्रवाहमा मद्दत पुर्याउँछ ।’
यस उपचार विधिबाट मरिसकेका कोषहरुलाई रिजेनेरेट अर्थात् पुनर्जिवित गराई उक्त कोषहरुलाई वास्तविक रुप दिन सहयोग गर्ने उनले बताए । ‘यसकारण पनि यो पार्किङसन, अल्जाइमर तथा डायबिटिज जस्ता रोगका बिरामीका लागि प्रभावकारी उपचार मानिन्छ ।
शरीरमा मरिसकेको कोषलाई पुर्नरुत्थान तथा पुर्नत्पादन गराइदिने यस विधालाई नेपालको चिकित्सा शास्त्रमा पनि परिचित गराउनका लागि यो सम्मेलन महत्वपूर्ण रहेको डा. मिश्रको दाबी छ ।