काठमाडौँ १९, असोज । आज ‘वल्र्ड स्माइल डे’ । अर्थात् विश्व मुस्कान दिवस । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइने गरिन्छ । आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।
मुस्कुानलाई स्वास्थ्यको दृष्टिकोणले मात्रै नभई आर्कषक व्यक्तित्वको लागि पनि उत्तिकै अपरिहार्य मानिन्छ । यसले सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्ने विज्ञहरुको भनाई छ ।
यस विषयमा बोल्दै विजया बिजुक्छे भन्छिन्, ‘सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन रु मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी’, मनोविद् बिजुक्छेले भनिन्, ‘मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।’
के छ मुस्कुराउनुका फाइदा
रक्तचाप निउन्ज्ञणमा सघाउ
सहन सक्ने क्षमतामा वृद्वि
तनाव कम गर्न मद्दत
प्रतिरोध क्षमता अभिवृद्विमा सघाउ
र आत्मविश्वास र क्षमता वृद्धि
कसरी मुस्कुराइरहने रु
कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताउँछिन् । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उनको सुझाव छ ।
‘खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति हुनुहुन्छ । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ’, मनोविद् बिजुक्छेले भनिन्, ‘मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ । त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।’
उनका अनुसार यसरी मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले बानीको विकास गर्छ ।