काठमाडौँ १९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीसंग भएको सम्झौतामा सरकारले पहल थालिसकेको बताएको छ ।
बिहिवार एक सूचना जारी गर्दै मन्त्रालयले ३१ भदौमा नेपाल चिकित्सक संघ १३ असोजमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच भएको सहमतिलाई कार्यान्वयन गर्न मन्त्रालयले काम थालिसकेको जनाएको हो ।
जसअन्र्तगत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन २०६६ पहिलो संसोधन २०७९ लाई संसाधन गर्न कानुन शाखालाई नेतृत्व सुम्पिदै यथाशिघ्र अघि बढाउन आदेश दिएको, स्वस्थ्यकर्मी तथा कर्मचारी सेवा सुविासम्बन्धि कार्यथालनीका लागि पनि समिति तोकिएको जनाएको छ ।
यसैगरि, स्वास्थ्यकर्मीमाथि भइरहेको बारम्बार कुटपिट घटनाका सम्बन्धमा कारक तत्व पहिचान एवम् आवश्यक नीतिगत कानुनी सुधारका लागि पनि प्रक्रिया अघि बढिसकेको तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिलाई सक्रिया बनाउन प्रत्येक दुई सातामा बैठक बस्ने निर्णय गरिएको सूचनामा उल्लेखछ ।