
महेन्द्रनगर (धनुषा), २९ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री यादवले सोमबार प्रयोगशालाको निरीक्षण गर्दै सेवाग्राहीसँग प्रत्यक्ष भेटेर जानकारी लिएका हुन् ।
सेवाग्राहीले मन्त्रीसमक्ष एउटा मात्र काउन्टरका कारण रसिद काट्न लामो समयसम्म कुर्नुपरेको गुनासो राखेपछि उनले काउन्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा श्रवण मिश्रलाई निर्देशन दिए।
प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयौँ बिरामीको जाँच गर्नुका साथैसुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।


