काठमाडौं, २९ असोज । फार्मेसी काउन्सिलका अध्यक्ष समेत रहेका औषधि उद्योगी प्रज्ज्वलजंग पाण्डे मध्य अफ्रिकी देश रुवाण्डाका लागि महावाणिज्य दूत नियुक्त भएका छन् ।
सरकारका परराष्ट्र मन्त्री एनपी साउदले पाण्डेलाई महावाणिज्य दूतका रुपमा नियुक्त गरेका हुन् । नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष समेत रहेका पाण्डे अग्रणी औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्सका कार्यकारी निर्देशक समेत रहेका छन् ।
लोमसले पछिल्ला वर्षहरुमा अफ्रिकन देशहरुमा औषधिका निर्यात थालेको छ । महावाणिज्य दूत नियुक्त भएपछि स्वास्थ्य डायरीसँग कुरा गर्दै पाण्डेले इमानदारितापूर्वक राष्ट्रको हितमा काम गर्न आफु प्रतिवद्ध रहेको प्रतिक्रिया दिए ।