काठमाडौँ २९ असोज । पेटका लाईलिङ (अस्तर)हरुमाजलन, सुजन एवम् क्षयका कारण उत्पन्नहुने समस्या नै ग्यासट्राईटिस हो । स्वास्थ्यअवस्थाअनुसार, व्यक्तिमायसको अवधि छोटो(तीव्र) वालामो(क्रोनिक) दुवै रुपमा देखापर्दछ ।
।चिकित्सा विज्ञहरुले गरेको सर्वेक्षण अनुसार, यस समस्याले महिला पुरुष दुवै गरेर विश्वभर विकान्सोमुख देशका कुल ५०.८ प्रतिशत र विकसित देशका ३४.७प्रतिशतलाई सताएको देखिन्छ ।
यसैगरि, नेपालपनि यसबाट अछुत रहन सकेको छैन । यहाँका युवादेखि वृद्वसम्मका थुप्रै जनसंख्या यस समस्याको शिकार भएको देखिन्छ । तथापि यस रोगको सबल पक्ष के हो भने, उचित औषधीको सेवन तथा जीवनशैलीको परिवर्तनबाट मात्रै पनि यसको निदान÷निर्मुलीकरण गर्न सकिन्छ ।
के ग्यासट्राईसिटस संक्रामक(सरुवा) रोग हो ?
होइन । यो रोग एकबाट अर्काे व्यक्तिमा सर्दैन । तर, यस रोगको प्रमुख कारण ब्याक्टेरिया (एचपाइलोरी) भने एकबाट अर्काेमा सर्नसक्छ । यसकारण पनिहामीले खानुअघि आफ्ना हातसंगै खानेकुरा पनि राम्ररी पखाल्ने बानी बसाल्नुपर्छ ।
नोटः हामीले पिउनेअथवाअन्य उद्देश्यकालागिपानीको प्रयोग गर्न्अघि कुनै पनि माध्यमबाट पानीशुद्विकरण गर्नुपर्छ ।
ग्यासट्राईटिसका कारणहरु
ग्यासट्राईटिसका केहि सामान्य कारणहरुलाई निम्न छन् ः
–अत्याधिक मदिरा सेवनले पेटका भित्ताहरुमा क्षय निम्त्याउन सक्छ । तसर्थ मदिराको अत्याधिक सेवनले पनिव्यक्तिमा ग्यासट्राईटिसका समस्या निम्त्याउँछ ।
–ब्याक्टेरियल संक्रमण ( एच. पाइलोरीजस्तावाअन्य) ले पनिग्याईट्राटिसको सम्भावना बढाउँछ ।
–पित्त पछाडि सर्दा । जस्तोः शरीरमा फ्याट बढाउने खानेकुरा पचाउनकालागि पेटले पित्तको उत्पादनगर्दछ । तर, यदि सो पित्त सानो आन्द्रामानभई पेटमा नैफर्किएको खण्डमा यसले पनिव्यक्तिमा ग्यासट्राईटिसको जोखिमलाई बढावा दिन्छ ।
–केहि विशेष औषधीकोसेवनले पेटको अस्तरमा दुस्प्रभाव बढाउँछ र, व्यक्तिमा ग्यास्टाइटिसको समस्यापैदा गर्नसक्छ ।
–शरीरका चोटपटक लाग्दा प िनत्यसले व्यक्तिमा ग्यास्ट्राईटिसको जोखिमलाई बढाउँछ । यद्यपि यसका लागि चोटपटक पेटमा नै हुनुपर्छ भन्ने आवश्यक हुदैँन । अर्थात्, पेटमा मात्रै नभएर अन्य भागमा भएका चोटपटक (जस्तो ः जलन तथा मस्तिष्कको चोटपटक) ले पनिव्यक्तिमा ग्यासट्राइटिस हुने सम्भावना बढ्छ ।
–कहिलेकाहीँ शरीरको प्रतिरक्षा प्रणालीले पेटको अस्तरमा आक्रमण समेत गर्नसक्छ । तसर्थ त्यस्तो अवस्थामा पनि व्यक्तिमा ग्यासट्राईटिस देखा पर्दछ ।
ग्याइट्राइटिसका उच्च जोखिम समूह
–ब्याक्टेरियाले गम्भीर वा कमजोर बनाउन ेव्यक्तिहरु
–पेटको अस्तर, प्रतिरक्षा प्रणालीका साथै बढ्दो उमेरका क्रममा व्यक्ति मोटो,दुब्लो अथवा कमजोर हुदैँ जाँदा(यी समूह ग्यासट्राइटिसका औषधी सेवन गर्नुपर्ने अवस्थाका सम्भावितव्यक्तिहरु हुन् ।) तसर्थ पाको उमेरका व्यक्तिमा ग्यासट्राईटिसको सम्भावनाउच्च रहन्छ ।
–अत्याधिकमदिरा सेवनकर्ताहरु
–शारीरिक तनावबाट ग्रसित समूह(जस्तोः संक्रमण तथाचोटपटक लागेका व्यक्तिहरु)
–अटो इम्यून डिसअर्डर भएका समूहहरु आदि ।
ग्यासट्राईटिसका लक्षणहरु
उसो त ग्यासट्राईटिसका सन्दर्भमा यसका लक्षणहरु नदेखिएकाव् यक्तिहरुका केश पनि दर्ता भएको पाइन्छ । यद्यपि अधिकांशमा देखिने साझा लक्षणहरु भने निम्न रहेका छन् ः
–वाक्वाकीलाग्नु÷अपच हुनु÷बान्ताहुनु
–भोकनलाग्नु
–पेटको माथिल्लो भागपोल्नु÷दुख्नु(पीडा हुनु)
–कालो दिसाहुनु
–खानापछि वाखादाँँखादैँपेट भरिएको वाटन्न भएको महशुस हुनु
–रगतको बान्ता हुनु
–शरीरको तौल स्वतः घट्दै जानु आदि।
कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?
माथि उल्लेखित जोखिम समूहमा पर्ने व्यक्ति र प्रस्तुतमध्ये कुनै एक वा सबै लक्षणहरु हप्तादिन र सोभन्दा बढिदेखि आफुले महशुस गरेका व्यक्तिहरुले चिकित्सकको सल्लाह लिनु पर्दछ । तर, त्यसमापनिकालो वा रगतयुक्त दिसा आउने तथा रगतको बान्ताह ुने व्यक्तिहरुले भने अनिवार्य रुपमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्दछ ।