काठमाडौँ, २८ असोज । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा शास्त्र संकाय तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा परीक्षार्थीहरुको बायोमेट्रिक लागू गर्ने भएको छ ।
आयोगल आगामी १८ देखि २२ कात्तिक सम्म सञ्चालन हुने परीक्षामा सहभागी परीक्षार्थीहरुलाई परीक्षा हलमा प्रवेश गर्नुपूर्व दुईवटा औलाको बायोमेट्रिक लिने भएको हो । गेटमा औलाको बायोमेट्रिक पछि परीक्षा हल भित्र प्रवेश पाउने परीक्षार्थीले हाजिरीमा औलाको ल्याप्चे समेत लगाउनु पर्ने छ ।
यसअघिका कतिपय परीक्षामा नक्कली परीक्षार्थी समेत भेटिएकाले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षार्थीको बायोमेट्रिक लिने व्यवस्था मिलाइएको आयोगको भनाई छ।