काठमाडौँ, १६ कात्तिक । घाँटी दुख्ने बित्तिकै हामीमध्ये धेरैले ‘टन्सिलाईटिस’ भयो भन्ने गरेका छौँ । तर, घाँटी दुख्ने बित्तिकै व्यक्तिमा टन्सिलाईसिको समस्या नहुने बताउँछन् । यद्यपि भइहाले पनि यस समस्यामा आत्तिनु नपर्ने उनीहरुको भनाई छ ।
टन्सिलाईटिसको समस्या के हो भनेर बुझ्न सर्वप्रथम हामीले यसबारे जान्न आवश्यक हुन्छ । मुखलाई आँ गरेर खोल्दा भित्रपट्टि घाँटीको माथिल्लो भागमा दायाँ–बायाँतर्फ देखिने डल्लो किसिमको दुइवटा अंग देखिन्छ । जसलार्ई नै चिकित्सा क्षेत्रअन्तर्गत लिम्फोइडग्ल्यान्ड अथवा कलेक्सन भनिन्छ। जसलाई आम बोलिचालीमा ‘टन्सिल’ भनेर पनि चिनिन्छ । र, घाँटीको सो अंगमा विविध कारणवश हुने संक्रमण नै टन्सिलाइटिस’हो।
व्यक्ति सानो हुँदा टन्सिलाइटिसको शुरुआतीको अवस्था हाम्रो शरीरको प्रतिरोध क्षमतासंग सम्बन्धित रहन्छ । तर, क्रमशः संक्रमणको आकार बढदै जाने क्रममा शरीरमा भएका अन्य अंगले प्रतिरोध क्षमताको काम थाल्छ र, टन्सिलको महत्व कम हुदैँ जान्छ।
अर्था त्व्यक्तिको जीवनकालमा उमेर बढ्दै जाँदा टन्सिलले विस्तारै प्रतिरोध क्षमताको काम गर्न छोड्दै जान्छ । यद्यपि टन्सिलले हावाको माध्यमबाट मुखभित्र फस्ने फोहोरलाई सोझै पेटमा जान नदिई त्यसलाई समात्ने र नष्ट गर्ने हुँदा टन्सिलमा संक्रमण तर, टन्सिलको समस्या देखा परेको कुलमध्ये १० प्रतिशतमा भने सो समस्या दोहोरिएर देखापर्ने समस्या पनि हुन्छ।
यसका कारणहरु
टन्सिलाईटिसका कारणलाई भाइरल र ब्याक्टेरियल दुई भागमा विभाजित गरिएको छ। जसमा भाइरसका कारण देखापरेको टन्सिलाईटिसको समस्यालार्ई भाइरल इन्फेक्शन पनि भनिन्छ । ६० प्रतिशत व्यक्तिहरुमा देखिने यस्ता समस्या वर्तमान समयमा अधिकांशलाई चिसो वायुमण्डल, पर्यावरणीय प्रदुषण वा फ्लु सिजनका कारण यो समस्याले सताउने गरेको पाइन्छ।
यसरी भाइरल इन्फेक्शनको सिजनमा दुख्ने घाँटीको समस्या सामान्यतयाः ३ देखि ४ दिनपछि आफैँ हराएर जाने गर्छ । यसका लागि भने व्यक्तिले तातोपानीले गार्गल गर्दा मात्रै पनि निको भएर जान्छ।
यस्तै, ब्याक्टेरियाका कारण उत्पन्न हुने टन्सिलाईको ब्याक्टेरियल इन्फेक्शन भनिन्छ । यसले ३०–४० प्रतिशत व्यक्तिलाई सताएको देखिन्छ।
भाइरल इन्फेक्शनकै कारण देखापरेको टन्सिलाईटिसको समस्यामा कतिपयमा भने सेकेन्डरी इन्फेक्शन थपिएर अधिकांशमा गु्रप एस्टेप्टोकेकसका कारण ब्याक्टेरियाले समेत असर पु¥याउँछ । जसमा व्यक्तिलाई रिउमेटाइक फिभर (हाडजोर्नी, छाला एव म्मुटुलाई समेत असर गर्ने प्रकृतिको गम्भीर ज्वरो ।) समेत आउने हुन्छ। तसर्थ यस्तो केशमा भने सम्बन्धित चिकित्सकलाई नै देखाउनु उचित बुद्धिमानी रहन्छ।
टन्सिलाईटिसको पहिचान
हामीले के बुझ्नुपर्छ भने सामान्यतया घाँटी दुख्दैमा टन्सिलाइटिसको समस्या देखियो भनेर आत्तिनु अस्वभाविक हो। सो अवस्थामा हामीले कम्तिमा पनि ४÷५ दिन तातोपानीले गार्गल गरेर हेर्नुपर्छ। तर, ४÷५ दिनसम्म दुखाई उस्तै रहिरहने र पिडाकै कारण खान वा थुक निल्न समेत गाहृो भएको छ र साथमा ज्वरो पनि देखिएको खण्डमा भने त्यस्तो बिरामीले ढिलो नगरी चिकित्सकको सल्लाह लिनुपर्दछ।
भाइरल इन्फेशनका कारण हुने टन्सिलाइटिस बढिजसोः फ्लु सिजन र जाडोयाममा व्यक्तिमा घाँटी दुख्ने समस्या निम्तिन्छ । यसका साथै उक्त समयमा व्यक्तिमा निम्न समस्या समेत देखापर्दछः
भाइरलका इन्फेशनको केशमा
–घाँटी दुख्नु
–टन्सिलको वरिपरि हल्का रातो हुनु
–कहिलेकाहिँ राता बिमिरा देखापर्नु
–जिउ आलस्य हुने
–ज्वरो आउने।
ब्याक्टेरियल टन्सिलाईटिस केशमा
–टन्सिलको रातो ठुलो हुनुका साथै वरपर सतहमा पिपका स–साना सेतो एवव्प हेँलो थोप्लाहरु देखिनु र
–घाँटीको ग्रन्थीहरु पनि ठुलो भएको महशुस तथा खान बोल्नमा समेत समस्या देखिनु।
समग्रमा भन्नुपर्दा घाँटी दुख्नु सामान्य भएपनि त्यसलाई बेवास्ता गरियो भने कालान्तारमा गएर त्यसले अन्य वृहत्जो खिम निम्त्याउन सक्ने जोखिम उच्च रहन्छ।
समस्यालाई बढावा दिने कारक तत्वहरु
–न्युन प्रतिरोध क्षमता भएका वा संवेदनशिल समूह
–चिसो पर्यावरण
–दूषित हावा
–प्रदूषित वातावरण
–र, चिसोका खाना तथा पेय पदार्थको सेवन।
कस्तो अवस्थामा चिकित्सकको सल्लाह लिने?
सामान्यतयाः भाइरल इन्फेक्शनका कारण देखा परेको टन्सिलाइटिसका कारण घाँटी दुखेमा आत्तिई हाल्नुपर्दैन । यसका लागि मन तातोपानीले कुल्ला वा गार्गल गर्न सकिन्छ । यस्तै, शरीरको तापक्रम बढेको खण्डमा सिटामोलको प्रयोग पनि गर्न सकिन्छ, भने रुघाखोकीको सन्दर्भ सोहि समस्यासंग सम्बन्धित औषधि लिन सकिन्छ।
त्यसैगरी, ब्याक्टेरियल इन्फेक्शनको सन्दर्भमा भने व्यक्तिलाई लामो समयसम्म दुखाई कम नहुने र पिडा झन् बढी हुन थालेको महशुस हुदैँ जान्छ । त्यस्तो अवस्थामा भने व्यक्तिले चिकित्सकसंग सम्पर्क राख्नु उचित रहन्छ।