जाजरकोट: गएराति जागरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। तर, अस्पतालको क्षमताभन्दा बढी घाइते उपचारका लागि आएका कारण व्यवस्थापनमा भने कठिनाई भइरहेको छ।
काठमाडौंबाट आएको नेपाली सेनाको मेडिकल टोलीका कारण उपचार गर्न सहज भएको अस्पतालका सूचना अधिकारी कृष्ण बहादुर खत्रीले बताए। अस्पताल आकस्मिक कक्षमा रेड जोन, ग्रिन जोन र एल्लो जोन र प्यासेजहरुमा समेत घाइतेको उपचार भइरहेको उनले बताए।
अस्पतालमा हालसम्म ३१ जना मृतक छन्। यस्तै १० जनाभन्दा बढी गम्भीर घाइते छन्।