

काठमाडौँ, १७ कात्तिक । नेपाल प्रहरीले विभिन्न प्राविधिक पदहरुका लागि दर्खास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै प्रहरीले रिक्त रहेका विभिन्न प्राविधिक पदहरुमा खुल्ला तथा समावेशी प्रावधान अनुरुप स्थायी पदपूर्ति गर्न स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको हो ।
जसमा स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पतालका लागि भन्दै २८ जना मेडिकल अफिसर (एमबीबीएस डाक्टर), १३ जना स्टाफ नर्स, ६ जना सीएमए, ५ जना अनमी र ४ जना ल्याब असिस्टेन्टलगायत कुल ६१ जना स्वास्थ्यकर्मीको माग गरिएको छ ।
आवेदकले आगामी मंसिर ४ गतेदेखि पुष ८ गतेसम्ममा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।