काठमाडौँ, १७ कात्तिक । सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो।
दुई दिने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसै कार्यक्रम अन्तर्गत १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने सरकारको योजना रहेको छ । अभिभावकले सो उमेरका आफ्ना सबै बालबालिकालाई घर नजिकैको खोप केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।
सरकारले प्रत्येक वर्ष कात्तिक र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष भने वडादशैंका कारण यस कार्यक्रम आज र भोलिका लागि तय गरेको हो ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम जुकाको औषधि खुवाउने कार्यक्रम भने २०५६ देखि सञ्चालन गर्दै आएको छ ।
कार्यक्रम लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिएको मन्त्रालयले जनाएको छ।