काठमाडौँ, १७ कात्तिक । जिल्ला अदालत मोरङ विराट हेल्थ कलेजकी छात्राको करणी अभियोगमा कराँतेका दुई जना प्रशिक्षक दोषी ठहर गरेको छ ।
बुधबार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई दोषी ठहर गरेको हो ।
६ भदौ २०७९ देखि पूर्पक्षका लागि थुनामा रहेका उनीहरुको सजाय निर्धारणका लागि भने अदालतले कात्तिक २२ गतेको मिति तोकेको छ।
२०७९ जेठमा सुनसरीको इटहरी घर भइ विराट हेल्थ कलेजमा अध्ययन गर्ने छात्रालाई उनीहरुले एक होटलमा लगेर सामुहिक बलात्कार गरेका थिए। विराटनगरको एक होटलमा सामुहिक बलात्कार गरेको भन्दै पीडित छात्राले उजुरी दिएपछि उनीहरु २०७९ साउन ८ गते पक्राउ परेका थिए।
सामूहिक बलात्कार प्रकरणमा पक्राउ परेका उनीहरु दुबै जना पुर्पक्षका लागि कारागार चलान भएका थिए। सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक समेत हुन्।