Aricle Tech

काठमाडौँ, ३ मंसिर । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा ९माइट० को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी (Orentia Tutsugamushi ) भन्ने जिवाणुबाट लाग्दछ । माइट प्राय जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ । स्क्रब टाइफस कसरी सर्छ ? मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन । स्क्रब टाइफसका लक्षणहरु – धेरै ज्वरो आउनु (काम ज्वरो समेत आउन सक्छ) – धेरै टाउको दुख्नु –पसिना धेरै आउनु – आँखा रातो हुनु –…

विस्तृतमा...

धनगढी : कैलालीको धनगढीमा भीषण लागालागी भएको छ। धनगढी उपमहानगरपालिका– १ स्थित सारथी अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको हो। आगलागीले अस्पतालसहित आठ पसलमा क्षति भएको प्रहरीले जनाएको छ। सुरुमा अस्पताल नजिक रहेको दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो। यस्तै मधुमाला देवी सप, भट्ट सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ्ग सेन्टर, न्यू सदिक्षा ईन्टरप्राईजेजी, भण्डारी सु–सेन्टर र भट्ट ट्रेडर्स एन्ड सप्लायर्समा पनि आगलागीका कारण क्षति भएको छ। राति…

विस्तृतमा...

काठमाडौँ, १ मंसिर ।बसुन्धरास्थि केडीसी जनरल अस्पतालले निःशुल्क परीक्षणका कार्यक्रम सहित महिनाव्यापी विश्व मधुमेह दिवस मनाउने भएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालका अध्यक्ष अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले मधुमेहको जाँचका लागि मंसिर महिनाभर निशुल्क रगत जाँच गर्ने र सोही अवधीभर मधुमेह भएका बिरामीहरुको निःशुल्क आँखा जाँच गर्ने जानकारी दिए । ‘मधुमेहलाई बास्तवमा ‘साइलेन्ट किलर’ मानिन्छ, कतिपयलाई लक्षण विना नै पनि गम्भीर अवस्थामा पुर्‍याएको छ । आँखाको ज्योति गुमाई अन्धोपन ल्याउने कारक मध्ये मधुमेह पनि एक हो । त्यसैले यसविरुद्ध व्यक्तिहरु सचेत हुन जरुरी छ । आहार विहार, खानपान, र जीवन शैलीलाई स्वस्थकर बनाउनु आवश्यक छ साथै नियमित रुपमा…

विस्तृतमा...

धनगढी : कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरी बल नेपालका सहायक प्रहरी निरीक्षक (असई) रमेश भण्डारी पक्राउ परेका छन् । कात्तिक २६ गते स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ । दार्चुलाको ४३ नम्बर गणमा कार्यरत रही तालिमका लागि पोखरा खटाइएका भण्डारीले तिहारको बिदामा धनगढी आएका बेला ल्यापटप चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । अस्पतालको सीसीटीभी फुटेजमा कात्तिक २६ गते राति ११ः४८ बजे भण्डारीले ल्यापटप चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । ल्यापटप चोरीबारे अस्पतालले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । जिल्ला…

विस्तृतमा...

जाजरकोट : जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो । घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् । कार्की र सिंह दमका बिरामी थिए । यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका…

विस्तृतमा...

काठमाडौं: लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो। आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो। उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिइसक्न आयोगले आह्वान गरेको छ।

विस्तृतमा...

काठमाडौँ: स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’को शुभारम्भ गरिएको छ। बिहीबार महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोग सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै फाउन्डेसनको औपचारिक सुरुवात गरिएको हो। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतित्थ्यता तथा बलवा नगरपालिकाका मेयर राम विजय महतोको सभापतित्व सम्पन्न उक्त शिविरमा ४२८ जनाको मुटुरोग सम्बन्धी (इसीजी), इको, ब्लड सुगर, लिपिड लगायतका चेकजाँच गरिएको थियो । जसमध्ये इको २४२ जना, इसीजी ३२५ जना, सुगर ३४० जनाको जाँच गर्नुका साथै ४ सय जनाभन्दा बढी बिरामीलाई औषधी समेत प्रदान गरिएको थियो। शिविरमा स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं: हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारमा  गुलियो र चिल्ला परिकारहरु खाने गरिन्छ, जुन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। दिपावली एउटा रमाईलो पर्व हो। तर, होस् पुर्याइएन भने यसले स्वास्थ्यसँग सम्बन्धित अनगिन्ति समस्या निम्त्याउँछ।  तिहारमा बन्ने अधिकांश परिकारहरुमा चिल्लो र गुलियोको मात्रा धेरै हुन्छ। चिकित्सकहरुका अनुसार गुलियो र चिल्लो धेरै रोगीहरुको लागि हानिकारक हुन्छ। निरोगी मानिसलाई पनि गुलियो र चिल्लो पदार्थ भएका खानेकुराहरुले फाइदा गर्दैन। मुटुरोग विशेषज्ञ यादवदेव भट्टका अनुसार चिल्लो तथा गुलियोले खानेकुराहरुले कोलेस्ट्रोल बढाउने मात्र हैन, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ। त्यसैले तिहारमा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुपर्छ। भट्टका अनुसार मुटुसँग खानाको गहिरो…

विस्तृतमा...

कर्णाली: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ।प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, शिक्षाध्यक्ष डा डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा रविन खातुङ, डा तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेर फर्केको हो।जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत सबैखाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डा.रावलले जानकारी दिए।प्रतिष्ठानको टोलीले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्री, जाजरकोट जिल्ला अस्पताल व्यवस्थापन समिति र सरोकारवालासँग ५० शय्याको अस्पताल गर्नुपर्नेदेखि विभिन्न नीतिगत योजनामा छलफल गरेको उनले बताए।त्यस्तै भविष्यमा आइपर्ने विपद् प्रतिकार्य रोकथामका लागि…

विस्तृतमा...

चितवन : यहाँको सङ्घीय सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ । अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका हुने गर्दछन् । उनीहरूको आम्दानीले अस्पतालको खर्च धान्ने गरेको छ । त्यसो त थोरै सङ्ख्यामा सङ्घीय सरकारको दरबन्दीमा रहेका चिकित्सक कर्मचारी छन् । ठूलो सङ्ख्या अस्पताल विकास समितिमार्फत् नियुक्त भएका चिकित्सक कर्मचारी छन् । उनीहरुको तलबलगायत सुविधा बीमामार्फत् आउने रकमको भरमा हुने गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार अस्पतालमा कूल चिकित्सक कर्मचारीको सङ्ख्या एक हजार एक सय पाँच जना…

विस्तृतमा...