काठमाडौँ, २४ कात्तिक । नेपाल चिकित्सक संघका पूर्व उपाध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा सरोज कृष्ण श्रेष्ठको निधन भएको छ । बीएण्डबी अस्पतालमा उपचाररत उनको असामयिक निधन भएको नेपाल चिकित्सक संघले जनाएको हो ।
महासचिव सन्जिब तिवारीले विज्ञप्ति डा श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेका छन् । स्व. डा श्रेष्ठले नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा खेलकुदका क्षेत्रमा पुर्याएको योगदान सबैको मानसपटलमा स्मरणयोग्य रहने विज्ञप्तिमा उल्लेख छ ।
साउथ एशिया रिजनल एन्टी डोपिङ टेस्टका पुर्व अध्यक्षसमेत रहेएका स्व डा श्रेष्ठको मृत्युले इमान्दार, लगनशील र प्रतिष्ठित हाडजोर्नीरोग विशेषज्ञ चिकित्सकलाई गुमाउनु परेको संघले जनाएको छ।