काठमाडौँ, २४ कात्तिक । चिकित्सा शिक्षाअन्र्तगतको एमबीबीएस र बीडीएसका एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०/८१ मा विद्यार्थी छनौट भर्नाका लागि गत १८ र १९ कात्तिकमा सञ्चालन गरेको एमबीबीएस र बीडीएस तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा बिहिवार साँझ प्रकाशित भएको हो ।
उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ।
आफ्नो नतिजा प्रोफाइलमा समेत हेर्न सक्नेछन् भने नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योग गर्न सक्ने बताइएको छ ।