गोदावरी (कैलाली), १३ मङ्सिर । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन् । उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच स्थानीय सरकारको सिफारिसका आधारमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने सहमति भएको हो ।
Aricle Tech
मान्म (कालिकोट), १३ मङ्सिर । कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विषेशज्ञ स्वास्थ्य शिविरबाट ९७० ले सेवा लिएका छन् ।
बुटवल, १३ मंसिर । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ । उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले डा बस्यालमाथि हातपात गरेको हो । खास भएको के थियो ? गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीलाई सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लगिएको थियो। मंसिर ११ गते शल्यक्रिया गरी उनलाई सुत्केरी गराइएको थियो। उनले ५ किलोको बच्चा जन्माएकी थिइन्। भवानीले त्यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन् । अस्पतालले मंसिर २२ गतेका लागि प्रसूती डेट दिएको थियो। बच्चाको तौल धेरै भएकाले पाँच दिन पहिले लुम्बिनी प्रादेशिक अस्पतालमा चेकजाँच…
त्रिवेणी (रुकुम पश्चिम), १३ मङ्सिर । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै रहेको पाइएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्थाको सहयोग तथा नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो । उक्त क्रममा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै देखिएको हो । मानसिक समस्याको पहिचान गर्न तथा भूकम्पपीडितको पीडा कम गरी आवश्यक सल्लाह सुझाव दिन वडावडामा शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।
नवलपुर, १३ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा गर्भवतीलाई लक्षित गरी सञ्चालन गरिएको ‘आमा घर’ प्रभावकारी बन्दै गएको छ । गैँडाकोट नगरपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने वडा नं ३ र १८ का सुत्केरीलाई लक्षित गर्दै आमाघर सञ्चालनमा ल्याइएको हो ।
काठमाडौँ– आयुर्वेद चिकित्सालय नरदेवी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को नास्ट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारका लागि सिफारिस भएको छ । एक सूचना जारी गर्दै नास्टले १०६ वर्षदेखि आयुर्वेद चिकित्सा सेवा र ३ वर्षयता एकीकृत सेवाका साथै कोभिड(१९ मा बहुविधि उपचार सेवा र परम्परागत चिकित्सा विज्ञानमा अनुसन्धान प्रयास गरे वापत आयुर्वेद चिकित्सालय नरदेवीलाई सो पुरस्कारका लागि सिफारिस गरिएको जानकारी दिएको हो । सो क्रममा चिकित्सालय २ लाख रुपैयाँ राशी सहितको पुरस्कारबाट सम्मानित हुने बुझिएको छ ।
काठमाडौँ, १३ मंसिर । काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र सूर्तिजन्य पदार्थ बिक्रि वितरणमा पूर्ण रोक लगाउने भएको छ । मंगलबार महानगरको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौँ महानगरभित्र सूर्तिजन्य पदार्थ बेचबिखनमा निषेध गरिएको जानकारी दिएको हो । ‘सूर्तीजन्य पदार्थ सेवनले मानवीय स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै ती वस्तु प्याक गर्न बनेको प्लाष्टिकजन्य वस्तुहरुले भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोरमैला बढ्न गई शहरको सौन्दर्यतामा प्रतिकूल प्रभाव पारेको छ’,सूचनामा उल्लेख छ । उक्त व्यवस्था १५ दिनपछि लागू हुने बताउँदै सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा…
काठमाडौँ, १३ मंसिर ‘आइज’ भन्नाले दुवै आँखाका नानी(भित्रका कालो भाग) एक स्थानमा नरहेको अवस्थालाई जनाउँछ । सामान्य बोलीचालीमा ‘डेढो आँखा’ पनि भनिने यो अवस्था आँखाभित्रको पर्दामा भएको समस्याका कारण व्यक्तिमा देखापर्छ । अर्को शब्दमा भन्नुपर्दा, दुवै आँखाको पावरको ब्यालेन्स एक आपसमा नमिल्दा वा आँखाभित्रको पर्दाको समस्याको कारण पनि व्यक्तिमा यस्ता समस्या देखापर्छ । विश्वका २–४ प्रतिशत व्यक्ति यो समस्याबाट ग्रसित रहेको पाइन्छ । क्रस आइज भएकामा देखिने समस्याहरु–हेर्नमा समस्या हुनु– दुवै आँखाको पावर एक आपसमा नमिल्नु– एकै वस्तुलाई पनि डबल(दुईटा) देख्नु । यसबाहेक क्रस आइज व्यक्तिको शारीरिक पक्षसंग मात्र नभई मानसिक पक्षसंग पनि जोडिएको हुन्छ । अर्थात्, आँखालाई व्यक्तित्व तथा…
काठमाडौं, १२ मंसिर । प्राचिन प्राकृतिक चिकित्सा तथा साउण्ड हिलिंग ब्लिस स्टुडियोले एक हजार ४ सय चारजनालाई निःशुल्क ध्वनी चिकित्सा सेवा प्रदान गरेको छ । शनिवारदेखि ३ दिनसम्म राजधानीको प्रज्ञा भवनमा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय आरोग्य प्रदर्शनीमा अवलोकनका लागि आएका मानिसले निःशुल्क सेवा लिएका हुन् । प्रदर्शनीमा स्टल राखेको स्टुडियोले १३ जना ध्वनी चिकित्सकहरु मार्फत उपचार सेवा दिएको स्टुडियोका सञ्चालक एवं ध्वनी चिकित्साका विज्ञ राजाराम पाण्डेले स्वास्थ्य डायरीलाई जानकारी दिए । आयुर्वेद सम्मेलन र आरोग्य प्रदर्शनीको उद्घाटन गर्न आएका सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत लगायत नेपाल, भारत र विभिन्न देशबाट आएका आयुर्वेद क्षेत्रका व्यक्तिले पनि ध्वनी चिकित्साका बारेमा जानकारी…
काभ्रेपलाञ्चोक, १२ मङ्सिर । काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो । काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ ।

