काठमाडौँ– आयुर्वेद चिकित्सालय नरदेवी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को नास्ट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारका लागि सिफारिस भएको छ ।
एक सूचना जारी गर्दै नास्टले १०६ वर्षदेखि आयुर्वेद चिकित्सा सेवा र ३ वर्षयता एकीकृत सेवाका साथै कोभिड(१९ मा बहुविधि उपचार सेवा र परम्परागत चिकित्सा विज्ञानमा अनुसन्धान प्रयास गरे वापत आयुर्वेद चिकित्सालय नरदेवीलाई सो पुरस्कारका लागि सिफारिस गरिएको जानकारी दिएको हो ।
सो क्रममा चिकित्सालय २ लाख रुपैयाँ राशी सहितको पुरस्कारबाट सम्मानित हुने बुझिएको छ ।