काठमाडौँ, १३ मंसिर ‘आइज’ भन्नाले दुवै आँखाका नानी(भित्रका कालो भाग) एक स्थानमा नरहेको अवस्थालाई जनाउँछ । सामान्य बोलीचालीमा ‘डेढो आँखा’ पनि भनिने यो अवस्था आँखाभित्रको पर्दामा भएको समस्याका कारण व्यक्तिमा देखापर्छ ।
अर्को शब्दमा भन्नुपर्दा, दुवै आँखाको पावरको ब्यालेन्स एक आपसमा नमिल्दा वा आँखाभित्रको पर्दाको समस्याको कारण पनि व्यक्तिमा यस्ता समस्या देखापर्छ । विश्वका २–४ प्रतिशत व्यक्ति यो समस्याबाट ग्रसित रहेको पाइन्छ ।
क्रस आइज भएकामा देखिने समस्याहरु
–हेर्नमा समस्या हुनु
– दुवै आँखाको पावर एक आपसमा नमिल्नु
– एकै वस्तुलाई पनि डबल(दुईटा) देख्नु ।
यसबाहेक क्रस आइज व्यक्तिको शारीरिक पक्षसंग मात्र नभई मानसिक पक्षसंग पनि जोडिएको हुन्छ । अर्थात्, आँखालाई व्यक्तित्व तथा सौन्दर्यसंग पनि जोड्ने भएकाले आँखा डेढो भएकै कारण कतिपयमा आत्मविश्वासमा समेत कमी देखा परेको पाइन्छ । कतिपयले डेढो आँखालाई आफ्नो व्यक्तित्व तथा सौन्दर्यसंग पनि जोड्ने गरेको पाइन्छ । कतिपयमा आत्मविश्वासमा समेत आँच पुग्न जान्छ ।
धेरैलाई लाग्न सक्छ उसोभए के यसको उपचार सम्भव छ त ? छ । प्रत्येक आँखा डेढो हुने समस्याको समाधान तथा उपचार सम्भव छ । तर, यसको निम्ति सर्वप्रथम हामीले के कारणले हाम्रो आँखा डेढो भएको हो भन्ने विषयमा थाहा पाउन जरुरी हुन्छ ।
यदि आँखाको पावरको गडबढिका कारण व्यक्तिमा यस्तो समस्या देखा परेको हो भने हामीले चश्माको प्रयोग, पावर लेभल मिलाएर र कसरतको माध्यद्धारा पनि आँखालाई सिधा बनाउन सकिन्छ । यसबाहेक हाल दृष्टि अस्पतालमा आँखाको पावरको लेभल मिलाउने तथा कसरत गर्ने लेटेस्ट उपकरण(मेशिन) उपलब्ध रहेका छन् । त्यसको माध्यमद्धारा पनि आँखा सिधा बनाउन सकिन्छ ।
तर, यसरी आाखाको कसरत र पावरको ब्यालेन्स गर्दा गर्दै पनि व्यक्तिको आँखा सिधा नभएको खण्डमा भने आँखालाई सिधा बनाउनको निम्ति शल्यक्रिया पनि गर्न सकिन्छ ।