काठमाडौं, १५, मंसिर । फिजिसियन डाक्टरहरुको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ ।
शुक्रवार बौद्धको ह्यात रेजन्सी होटलमा सुरु भएको सम्मेलनमा देश र विदेशका गरि करिब ५ सय इन्टरनल मेडिसिनका चिकित्सक सहभागी भएका छन् ।
विकासोन्मुख देशमा स्वास्थ्यको समतामुलक पहुँच भन्ने नाराका साथ सुरु भएको सम्मेलनको यो १५ औं श्रृंखला हो । संस्थाले हरेकवर्ष राष्ट्रिय र दुईवर्षको अन्तरालमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ ।
सम्मेलनमा नेपालका बाहेक भारत, बंगलादेश, श्रीलंका, भुटान, बेलायत देशबाट प्रतिनिधिहरु आएका छन् । दुईदिनको सम्मेलनभरि चिकित्सा क्षेत्रमा हाल भैरहेका विकास र नवप्रवर्तनका बारेमा चर्चा गरिनेछ ।
सम्मेलनबाट नेपाली चिकित्सकहरुले विदेशमा भएगरेका पछिल्ला अभ्याँस र विकासका बारेमा जानकारी लिने साइमनका महासचिव डा. मुकुन्द प्रसाद काफ्लेले स्वास्थ्य डायरीलाई जानकारी दिए ।
साइमन चिकित्सकहरुको छाता संस्था नेपाल मेडिकल एशोसियसनपछिको चिकित्सकहरुको सबैभन्दा ठूलो छाता संस्था हो ।
सम्मेलनका बारेमा हेर्नुहोस् यो भिडियो सामग्री