Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

आयोगको निर्देशक पदहरुमा स्वार्थ बाझिनेलाई नियुक्त नगर्न डा. केसीको माग

Aricle TechBy Aricle Tech२०८० मंसिर १५, शुक्रबार
Share
Facebook Twitter

काठमाडौँ, १५ मंसिर । डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका रिक्त निर्देशक पदहरूमा स्वच्छ भूमिका भएका योग्य व्यक्तिलाई नियुक्त गर्न माग गरेका छन्।

आयोगको रिक्त ४ निर्देशक पदका लागि २० जनाको आवेदन परेको छ। तसर्थ सोही रिक्त पदमा निर्देशक नियुक्त गर्ने सम्बन्धमा शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले आयोगका रिक्त निर्देशक पदहरुमा स्वार्थ बाझिनेलाई नियुक्त नगर्न माग गरेका हुन् ।

‘आयोगको रिक्त निर्देशक पदहरूको लागि गैर चिकित्सक, निजी मेडीकल कलेजहरुसँग कुनै न कुनै रुपमा आवद्ध चिकित्सक हरु र अन्य किसिमका स्वार्थको द्वन्द्व भएका थप व्यक्तिहरू पनि प्रत्यासी छन् भन्ने सुन्नमा आएको ले छनौट समितिका संयोजक लगायत सदस्य ज्यूहरुलाई कुनै पनि स्वार्थका द्वन्द्व नबोकेका , स्वच्छ भूमिका भएका योग्य व्यक्ति (चिकित्सक)हरुलाई छनौट गर्न अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै डा. केसीले आफूले राखेका मागहरू पूरा नभएमा र सम्झौताहरु कार्यान्वयन नभएमा यही मंसिर २९ गतेदेखि सत्याग्रह सहित आन्दोलन थाल्ने अल्टिमेटममा अडान कायमै रहेको जानकारी समेत दिएका छन् ।

हेरौं डा. केसीद्वारा जारी विज्ञप्ति

प्रेस विज्ञप्ति,
आदरणीय पत्रकार मित्रहरु 

हामी लामो समयदेखि स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार , विपन्न वर्ग देखि लिएर सवै नेपालीहरूकाे गुणस्तरिय, निशुल्क सस्तो सुलभ शिक्षा तथा स्वास्थ्यसेवा मा समान पहुँच का लागि र सुशासन का लागि लड्दै आएको सवैलाई अवगत नै छ।‌ देश विदेशमा वस्ने आम नेपालीहरु को अथक प्रयास र दवावमा चिकित्सा शिक्षा ऐन साथै आयोग वन्यो। प्रचण्ड, ओली, देउवा र उनीहरूका कार्यकर्ता लगायत माफिया हरुको निरन्तर गैरकानुनी स्वार्थपरक हस्तक्षेप र विभिन्न धम्की का वावजुद चिकित्सा शिक्षा आयोग ले सुधार का कार्य गर्न सफल भई रहेको थियो।

यस सन्दर्भमा, आयोगका निवर्तमान उपाध्यक्ष र निर्देशक हरु ( सवै जना चिकित्सकहरु हुन) धन्यवादका पात्र हुनुहुन्छ। सो टिमलाई अर्को कार्यकाल आयोगको सेवा गर्ने थप अवसर दिनु पर्थ्यो, त्यसो हुन सकेन। केही दशक यता जव देखि देशका सवै सार्वजनिक संस्थानहरु मा भ्रष्ट र अयोग्य राजनीतिक कार्यकर्ताहरू पदाधिकारी नियुक्त गरी दोहन गरेर खाने र कार्यकर्ता भर्ती केन्द्र वनाउने परिपाटी शुरू भयो तव देखि सफल र ठुला सार्वजनिक संस्थानहरु पनि पूर्ण रुपमा धरासायी वनाईए। चिकित्सा शिक्षा आयोगलाई नेताका र माफियाहरु का  स्वार्थ पूर्ति गर्ने प्रयोजनको थलोको रुपमा विगतमा कोशिष गरे तर सफल हुन सकेनन। उनीहरुको प्रयत्न शसक्त हुंदैछ। आयोग नेता, कार्यकर्ता र माफियाहरुको सम्पत्ति होइन। आयोग जनताको अमूल्य सम्पत्ति हो।

चिकित्सा शिक्षा आयोग आम नेपालीहरुको निरन्तर निगरानी र खवरदारीमा रहनु पर्दछ नत्र धरासायी र अस्तित्व हिन वनाईएका सार्वजनिक संस्थानहरु को जस्तै यसको पनि हाल हुनेछ। स्वास्थ्य सेवा र स्वास्थ्य सम्बन्धी शिक्षा को गुणस्तर र पहुँच सुनिश्चित गर्ने अति नै संवेदनशील निकाय धरासायी वनाईयो भने नतिजा के होला कल्पना पनि गर्न सकिन्न।

आयोग का नयाँ उपाध्यक्ष नियुक्ति प्रक्रिया अविवादित रहन सकेन। उपाध्यक्ष स्वार्थको द्वन्द्व को भारी बोकेर आएका भए पनि सहि काम गर्ने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका छन्। तषर्थ पद सम्हाले पश्चात माप दण्ड नपुगेका साथै प्रक्रिया नै नपुर्याएका तथाकथित प्रस्तावित कलेज र शिक्षालयहरू लाई जान अन्जानमा संवन्धन लगायत का नियममा लुपहोल पैदा गर्ने लगायत केही अरु कार्यहरू भएका छन्  त्यसलाई तुरून्त सच्याई आम नेपाली र विद्यार्थीहरुका लागि थप सुधारका चुनौतीहरु संवोधन गर्ने अवसर धेरै छन्, त्यतातिर इमान्दारीका साथ शिघ्र लाग्नु पर्ने जरुरत छ। 

नव उपाध्यक्ष को नियुक्ति जन दवावका कारण समयमै भयो। तर निर्देशक हरु को पद खाली भएको केहि दिन भयो अझै छनोट प्रक्रियामै छ। यसले गलत परम्परा स्थापित गर्ने , अनावश्यक हस्तक्षेप तथा चलखेल निम्त्याउने, आयोग जस्तो संवेदनशिल संस्थाको कार्यमा वाधा पर्ने भएकाले प्रत्येक सेवा ग्राहीहरुले मात्र नभएर देशले पनि मूल्य चुकाउनु पर्ने हुन्छ। निर्देशकहरुको पद रिक्त रही रहनुमा आयोगको अध्यक्षका हैसियतले ले प्रधानमन्त्री, नव नियुक्त उपाध्यक्ष र सम्वन्धित  अन्य सरकारी निकायहरूका पदाधिकारी हरुको गैर-जिम्मेवारपूर्ण हेलचेक्राइँ हो। पदाधिकारीहरु समयमै नियुक्त गर्न न आयोग लाई न राज्यलाई थप कुनै आर्थिक भार पर्ने, न कुनै कठिनाइ पूर्ण कार्य नै हो। यति सहज,महत्त्वपूर्ण र मौलिक जिम्मेवारी निर्वाह गर्न सक्तैनौं भने देश र जनताले हामी संग के अपेक्षा गर्ने ? 

त्रिभुवन विश्वविद्यालय लगायत सवैजसो विश्व विद्यालय हरु राजनीतिक भागवण्डा नमिलेको हुनाले नेतृत्व विहिन अवस्थामा छन् र जव देखि योग्यताको आधारमा नभएर आस्थाका आधारमा भागवण्डा गरी पदाधिकारीहरु चयन गर्ने परिपाटी वस्यो तव देखि क्रमिक रुपमा शिक्षा को गुण स्तरमा ठूलो र्हास आयो। फलस्वरूप उत्कृष्ट वैज्ञानिक, पेसा जिवी, विषय विद्वान (Think Tank), लेखक, कलाकारहरु लगायत उम्दा खालका राजनितिज्ञ, क्षमतावान जनशक्ति आदि उत्पादन गर्ने दायित्व बोकेका विश्वविद्यालयहरु वेरोजगार जनशक्ति उत्पादन गर्ने थलो वने। नेताहरुको स्वार्थ पूर्ति का लागि देशले यति ठुलो मूल्य चुकाई रहेको छ। 
योग्य व्यक्तिहरूले विश्वविद्यालयहरु को नेतृत्व गर्ने कानुनी व्यवस्था गर्न विश्वविद्यालय तथा प्रतिष्ठान पदाधिकारी मापदण्ड सहितको उच्च शिक्षा ऐन को माग गरेको डेढ दशक भै सक्यो तर विभिन्न वहानामा रोकेर राखिएको छ। करिव डेढ वर्ष अघि शेर वहादुर देउवा नेतृत्वको सरकारसंग संझौता भए अनुसार ऐन नवनुन्जेल त्यसमा व्यवस्था भए अनुरुप विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्त गरिनेछ भनेर मंत्री परिषदले निर्णय गरेको हो।

चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदहरूको लागि गैर चिकित्सक, निजी मेडीकल कलेजहरुसँग कुनै न कुनै रुपमा आवद्ध चिकित्सक हरु र अन्य किसिमका स्वार्थको द्वन्द्व भएका थप व्यक्तिहरू पनि प्रत्यासी छन् भन्ने सुन्नमा आएको ले छनौट समितिका संयोजक लगायत सदश्य ज्यू हरुलाई कुनै पनि स्वार्थका द्वन्द्व नवोकेका , स्वच्छ भूमिका भएका योग्य व्यक्ति (चिकित्सक)हरुलाई छनौट गर्न अनुरोध गरिन्छ। छनौट भएका व्यक्तिहरुको मूलत योग्यता, पृष्ठभूमि र आचरणमा  आयोग को भविष्य निर्भर हुने भएकाले छनौट समितिका  महानुभावहरुले छनौट प्रक्रिया गम्भीर रुपमा लिनु हुने विश्वास गरिन्छ। 

अन्तमा हामीले राखेका मागहरू पूरा नभएमा र सम्झौताहरु कार्यान्वयन नभएमा यही मंसिर २९ गतेदेखि सत्याग्रह सहितका सशक्त आन्दोलनका कार्यक्रमहरू शुरु गर्न वाध्य हुनेछौं भनेर विगतमा प्रचण्ड सरकारलाई दिएको अल्टिमेटममा हाम्रो ठोस अडान कायमै छ भन्ने जानकारी दिन चाहन्छौं।

 डा गोविन्द केसी
काठमाडौँ, 
मंसिर १५ गते, २०८०।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.