काठमाडौँ, १५ मङ्सिर । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्ले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।
केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ ।
के हो एचआईभी एड्स ? कारण र बच्ने उपाय
एड्स एउटा यस्तो लक्षण हो, जुन एचआइभीले गर्दा शरीरमा उत्पन्न हुन्छ। यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसका सिकार हुने गर्छन् ।
तर यो भाइरस संक्रमितत व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरियाका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ। शरीरमा एचआईभी’ पसेपछि सर्वप्रथम टि–लिम्फोसाइड कोषमा आक्रमण गर्ने गर्दछ ।
त्यसपश्चात् विस्तारै उक्त भाइरस अन्य कोषहरूमा पनि प्रवेश गरि यइले शरिरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भयापछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एड्स भनिन्छ।
लक्षणहरु
–ज्वरो आउनु
–पखाला लाग्नु
–वजन घट्नु
–कुपोषणका लक्षणहरू देखिनु
–छालाका विभिन्न समस्या आउनु
–मुख तथा घाँटीमा काई (सेतो) आउनु
–दाँत वा गिजाका समस्याहरू
–खोकी वा स्वास फेर्न गाह्रो हुनु
–चाडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि।
कारण
–असुरक्षित यौन सम्पर्क र एचआईभीको संक्रमण
–एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
–सुई तथा सिरिन्जको साझा प्रयोगबाट
–संक्रमित आमाबाट बच्चामा ।
बच्ने उपाय
एचआईभी/एड्सबाट बच्ने उपाय भनेकै यसका सम्भावित कारणहरुबाट जोगिनु हो । यसका लागि व्यक्ति असुरक्षित यौनसम्पर्कबाट जोगिनु पर्छ । यौनसम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने, सुईको दुरुपयोग नगर्ने, यौन पेसामा संलग्न जोकोहीले बेलाबखतमा एचआईभी परीक्षण गराउने जस्ता पक्षमा ध्यान दिए एचआईभी(एड्सबाट बच्न सकिन्छ ।
एचआईभीको उपचार
एचआईभीको औषधि उपचार सम्भव छ । यद्यपि यो पूर्ण रुपमा निको हुँदैन तर नियन्त्रण भने हुन्छ । यसका लागि आजीवन औषधि खानुपर्ने हुन्छ । नियमित आजीवन औषधि खाने हो मधुमेह र उच्च रक्तचापभन्दा राम्रोसँग यो नियन्त्रण हुने रोग हो ।
यसमा खानेकुरा बार्नु नपर्ने भएकाले सामान्य व्यक्ति जस्तै जीवन जिउन सकिन्छ । एचआईभीको सुरुको अवस्थामै पहिचान भए एड्स लाग्ने सम्भावना पनि न्यून हुन्छ । तर, एचअईभीको समयमै औषधी उपचार गर्न सकिएन भने व्यक्तिमा एड्सको सम्भावना उच्च रहन्छ । तसर्थ यसप्रति व्यक्ति सर्तक रहनुपर्दछ ।