Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

शुक्लाफाँटाका ४२ जनामा ‘सिकलसेल एनिमिया’

Aricle TechBy Aricle Tech२०८० मंसिर २५, सोमबार
Share
Facebook Twitter

कञ्चनपुर: स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको समन्वयमा सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

शुक्लाफाँटा नगरपालिका९१ स्थित शहरी स्वास्थ्य केन्द्र बन्साहमा आयोजित स्वास्थ्य शिविरमा वडा नं. १, २ र १२ का ५ सय ४८ जनाले रगत परीक्षण गराएका छन्। स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टका अनुसार १ सय ७५ पुरुष र ३ सय ७३ महिलाको रगत परीक्षण गरिएको छ।

जसमध्ये ४२ जनामा सिकलसेलको संक्रमण देखिएको छ। १९ जना महिला र २३ जना पुरुषमा सिकलसेलको संबाहक देखिएको उनले बताए। ‘रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर समूहका ५४८ जनाको रगत परीक्षण गरेका थियौं, ४२ जनामा सिकलसेलको संबाहक देखिएको छ, यनीहरुको फेरी रगत परिक्षण गर्छौ,’ उनले भने, ‘त्यसपछि सिकलसेल एनिमिया या थालसेमिया के हो भन्ने थाहा हुन्छ।’

पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको संख्यामा वृद्धि भएको छ। सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर जोखिममा रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको औलो रोग निरीक्षक भट्टले जानकारी दिए। ‘यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ’, उनले भने, ‘यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ।’ उनले यसको कुनै उपचार नभएको बताउँदै संक्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताए।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.