Aricle Tech

दार्चुला: जिल्ला अस्पताल दार्चुलाले पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले डा. प्रह्लाद थापालाई पहिलो हाडजोर्नी विशेषज्ञका रूपमा पाएको हो ।  प्रदेश सरकारको अनुदानमा जिल्ला अस्पताल दार्चुलाले करारमा नियुक्ति गरेका हाडजोर्नी विशेषज्ञ डा. थापालाई मङ्गलवार एक कार्यक्रमका बीच स्वागत गरेको छ । स्वागत कार्यक्रममा डा. थापाले आफूमा भएको ज्ञान, सीप, र क्षमतालाई भरपूर प्रयोग गरी जनसेवामा खटिने प्रतिबद्धता गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकराज जोशीले अस्पतालमा आवश्यक उपकरणको व्यवस्थापन गरी छिट्टै सेवा प्रवाह गरिने बताए । लामो समयको सङ्घर्षपछि हाडजोर्नी विशेषज्ञ डाक्टर ल्याउन सफल भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख एवम् निमित्त मेसु संजिव श्रेष्ठले बताए । …

विस्तृतमा...

भोजपुर: भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । भविष्यमा सेवा विस्तार गरिने उनको भनाइ छ । प्रसूति सेवा केन्द्र स्थापनापछि मातृ मृत्युदर र शिशु मृत्युदर घट्ने उनको विश्वास छ । सेवा सञ्चालन गर्न दुई अनमी र दुई अहेबको दरबन्दी सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले बताए । विगतमा  यहाँका नागरिकलाई प्रसूति सेवा लिन टाढा टाढाका स्वास्थ्य संस्था…

विस्तृतमा...

इलाम- इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी भएको छ । अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भएको हो । आगो निभाउने क्रममा एक जना प्रहरी जलेर घाइते भएका छन् । भान्साघरमा कोही नभएको अवस्थामा आज दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको थियो । आगो सुरु भएलगतै इलाम नगरपालिकाको दमकलाई खबर गरे पनि दमकल जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रण हुन सकेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउन प्रयास गरिरहेका छन् ।

विस्तृतमा...

काठमाडौँ : औषधि व्यवस्था विभागले चार औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको छ । विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो । औषधि मूल्याङ्कन समितिको अध्ययन र रायका आधारमा यस्तो निर्णय गरिएको विभागले जनाएको छ । विभागका अनुसार ती औषधिमा सम्मिश्रणको मात्रा मापदण्डअनुसार नभएको पाइएकाले तत्काल उत्पादन नगर्न भनिएको हो। रोक लगाइएका औषधिको बजारमा बिक्री भइरहेको ‘ब्रान्ड’ समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ ।

विस्तृतमा...

अछाम: जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. रवि यादवको काज फिर्ता गरिएको छ । आइतबार यादवको काज फिर्ताको पत्र आएको हो । अछाम अस्पतालमा एक्ला स्थायी चिकित्सक रहेका यादवको हाजिर भएको ३ महिना पनि नपुग्दै काज फिर्त गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यादव काज फिर्ता गरिएको जनाएको छ । यादव असोज २ गतेमात्रै अछाम अस्पतालमा हाजिर भएका थिए । तत्कालीन (हालै सरुवा भएका) सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले सुदूरपश्चिममा यादवसहितका संघका चिकित्सकहरु पुल दरबन्दीमा ल्याएका थिए । तर उनीहरु अस्पतालभित्रको राजनीतिक दबाब र किचलोका कारण टिक्न भने सकिरहेका छैनन् । अछाम अस्पतालका मेसु यादवको पनि राजनीतिक…

विस्तृतमा...

काठमाडौँ : चीनकी एक स्त्री रोग विशेषज्ञ तथा एजआईभी एड्सको महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टरमध्येकी एक डाक्टर गाओ याओजीको निधन भएको छ । डा. गाओको न्यूयोर्कमा आइतबार ९५ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कमा उनी सन् २००९ देखि निर्वासनमा थिइन् । देशको ग्रामीण क्षेत्रमा एड्सको महामारीविरुद्ध अभियान फैलाएर निर्मूल गर्न सफल याओजीले चीनमा रगत बेच्ने व्यवसायीले ग्रामीण क्षेत्रमा एचआइभी फैलाएको खुलासा गरेको गरेकी थिइन् । बीबीसीको रिपोर्ट अनुसार, रगत बेच्ने ग्रामीण चीनमा, विशेष गरी हेनान प्रान्तमा १९८० र १९९० को दशकमा एक रगत बेचेर एड्सका कीटाणु फैलाउने व्यवसाय सामान्य जस्तै थियो । रगत…

विस्तृतमा...

बारा: बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् । ‘शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशुसहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ,’ उनले भनिन् । मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको बताए ।

विस्तृतमा...

काठमाडौं: चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पसमा विभिन्न पदमा दरखास्त आह्वान भएको छ । बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नेगरी क्याम्पसले मंगलबार दरखास्त आह्वान गरेको हो ।  जसअनुसार विभिन्न विषयका लागि २८ जना उपप्राध्यापकहरु माग भएको छ । 

विस्तृतमा...

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरूको विवरण एक हप्ताभित्र बुझाउन परिपत्र गरेको छ । सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् । मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलब भत्ता माग भइरहेको भन्दै त्यसै प्रयोजनका लागि विवरण माग गरेको बताएको छ । गत साउनदेखि कतिपय पालिकाहरूमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलब पाउन सकेका छैनन् । दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको परिपत्रमा उल्लेख…

विस्तृतमा...

काठमाडौं : चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक संक्षिप्त कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य…

विस्तृतमा...