काठमाडौं: नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमनप्रसाद पाण्डेय निर्वाचित भएका छन् । हिजो सम्पन्न संघको सातौं महाधिवेशनबाट पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त खनाल, उपाध्यक्षमा महेन्द्रराज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा सुर्यकृष्ण श्रेष्ठ, सचिवमा डा. सुमन पौडेल र सह कोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा नारायण प्रसाद सापकोटा, राजेन्द्र बस्नेत, सिदार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा निर्वाचित भएका छन् ।