Aricle Tech

काठमाडौं : कर्णाली प्रदेश सरकारले करारमा नवौँ तहका २७ चिकित्सक माग गरेको छ । बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै करारमा चिकित्सकहरूको माग गरेको हो । कर्णाली प्रदेशका विभिन्न आठ वटा जिल्लाका लागि स्वास्थ्य सेवातर्फ नवौँ तहका २७ जना चिकित्सकहरू माग गरिएको छ ।

विस्तृतमा...

जाजरकोट : भूकम्प प्रभावित जिल्ला जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० जनाभन्दा धेरै भूकम्पपीडितलाई झाडापखाला देखिएको वडा सदस्य नैनबहादुर विकले बताए । उनका अनुसार भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुईरतीन दिनयता पखालाले सताइरहेको छ । गाउँमा झाडापखाला देखिएपछि बालबालिका र वृद्धावृद्धा अलि धेरै जोखिममा छन् । उपचारका लागि सम्बन्धित निकायमा खबर गर्दा पनि अहिलेसम्म कोही नपुगेका र बिरामी त्रिपालमै रहेका वडासदस्य विकले बताए । घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय जनाभन्दा धेरै घरधुरी रहेका ती गाउँमा धेरैजसोलाई चिसोले सताएको छ। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका…

विस्तृतमा...

सुन्दरहरैँचा : मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताए । बेलबारी–३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा सो अस्पताल उद्घाटन गरिएको थियो । अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वयसमेत नगरी सो अस्पताल सारिएको नगर उपप्रमुख नितु थापा (कोइराला)ले आरोप लगाए । उनले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गरे । उक्त अस्पताल…

विस्तृतमा...

काठमाडौं : काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाउन आजदेखि ५० जना नगर प्रहरी परिचालन गरेको छ । जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रणको काम सुरु गरिएको दाबी महानगरको छ । महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । महानगरपालिकाले सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए १ सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । पसलहरूमा चुरोट पनि खुद्रा रूपमा बिक्री पर्न पाइने छैन ।

विस्तृतमा...

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। पालिकाकी उपमेयर शिला देवीले आँखा शिविरको विधिवत् रूपमा उद्घाटन गरेकी थिइन्। नेपाल नेत्र ज्योति सङ्घ आँखा अस्पताल गौर –८ पुरेनवाद्वारा दुर्गा भगवती ४ पचरुखी वडा कार्यालयमा आयोजित निःशुल्क आँखा शिविरमा कुल १८३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो। सो मध्ये ८३ जना बिरामीको आँखामा मोतिया बिन्दु रोग ठहर भएको चिकित्सकले बताएका छन्। मोतीबिन्दु ठहर भएका सबै बिरामीलाई आज आँखा अस्पताल पुरेनवा लागेर अन्य आवश्यक जाँच पश्चात् बिहीबार निःशुल्क आँखाको अप्रेसन गरिने योजना रहेको दुर्गा भगवती गाउँपालिका वडा ४ का अध्यक्ष रामानन्द यादवले जानकारी दिएका छन्।

विस्तृतमा...

काठमाडौं :सरकारले ४९ नर्सको बढुवा गरेको छ । स्वास्थ्य सेवा विभागले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले तोकेका आधार र प्रक्रिया पुगेका ४९ जना नर्सको स्तरवृद्धि गरेको हो । ६ जना नर्सलाई छैठौंबाट सातौं र ४३ जनालाई पाँचौंबाट छैठौं तहमा बढुवा गरिएको विभागले जनाएको छ । छैठौंबाट सातौंमा स्तरवृद्धि हुनेमा बिन्दु कँडेल, सुनिता खत्री थापा, सुशिला तिमिल्सिना, राजेश्वरी समाल, बेली लम्साल पौडेल र विष्णु पन्थी खनाल छन् । त्यस्तै, शारदा मल्ल, सुनकेसा बुढा, गीताकुमारी चौधरी, रामेश्वरी रावल, विजयालक्ष्मी उपाध्याय, विमला राना, सञ्जु ज्ञवाली, लक्ष्मी गुरुङ्ग, शर्मिला खनाल, लक्ष्मी खड्का ओली, प्रभा अधिकारी, मानकुमारी खड्का, अनिता चौधरी, सोनमकुमारी सिंहलगायतको पाँचौं तहबाट…

विस्तृतमा...

बुटवल: लुम्बिनीमा प्रदेशमा काम गर्ने निजामती कर्मचारीले महिनावारी बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भएकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था गरेको हो । तर कति दिन दिने, को–कोलाई दिने भन्ने कुरा नियमावली आएपछि मात्रै जानकारी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीका सूचना अधिकारी भूमिश्वर घिमिरेले बताए । प्रदेश निजामती सेवा विधेयक गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भएर गएको भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो ।

विस्तृतमा...

पर्सा- पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् । पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका…

विस्तृतमा...

काठमाडौं : काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ । महानगरले आजभन्दा ठिक १५ लिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । महानगरको सो घोषणा आजबाट लागू भएको हो । सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरीमार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ ।

विस्तृतमा...

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले गाडीमा मदिराको विज्ञापन गरी ब्रिकी वितरण गरेको भन्दै जरिवाना तिराएको छ । नगरप्रहरीले पि एण्ड ई मार्केटिङ प्रालिलाई ५१ हजार जरिवाना तिराएको हो । गाडीमा मदिराजन्य विज्ञापन राखी दृश्य प्रदुषण गरेबापत जरिवाना तिराएको नगरप्रहरीले जनाएको छ । उक्त गाडीले मदिराको विज्ञापन गर्नुको साथै मदिरा ब्रिकी गरिरहेको प्रहरीले जनाएको छ

विस्तृतमा...