काठमाडौँ : सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए । उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको बताए । उनले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियु), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए । “अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ”, उनले भने, “हामीसँग…
Aricle Tech
काठमाडौं : काठमाडौं महानगरपालिकाले औषधि बिक्रीका लागि घर भाडामा लिने भएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा लिने प्रस्ताव गरेको हो । सूचना प्रकाशनको १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित काठमाडौं महानगरपालिकाको कार्यालय, स्वास्थ्य विभागमा दर्ता गराउन अनुरोध गरिएको छ ।
टीकापुरः टीकापुर नगरपालिका–५, मौरनियाका भिखुराम चौधरीका दुईवर्षे छोरालाई लगातार ज्वरो आएपछि अस्पतालमा जँचाए। औषधी उपचार गर्दापनि निको नभएपछि सिकलसेल भएको थाहा भयो । उक्त रोग पत्ता लागेपछि बालकको नियमित उपचार भइरहेको छ । भिखुरामले छोरामा लागेको रोग पत्ता लगाउनै धेरै समय खर्चिए पनि अहिले भने सिकलसेलको पहिचान गाउँघरमै हुने गरेको छ। भजनी नगरपालिका–१ गौनियाँका ५२ वर्षीय खोजराम चौधरीले आफ्नै वडामा आयोजना गरिएको सिकलसेल स्क्रिनिङ क्याम्पमा जँचाउँदा सिकलसेलको शङ्कास्पद लक्षण देखायो। सेती प्रादेशिक अस्पताल धनगढीमा पुनः परीक्षण गर्दा सिकलसेल पुष्टि भएको थियो । कमजोर हुँदै गएको महसुस गरेपनि विज्ञ चिकित्सकसहितको उपचार नपाएका खोजरामको गाउँमै लागेको शिविरबाट रोगको पहिचान भएको हो ।…
कैलाली : कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परिक्षणमा २ जनाको संक्रमण पुष्टि भएको हो । सीमा नाकामा ७० जनाको एन्टीजेन परिक्षण गरिएकोमा ६८ जनाको रिपोर्ट भने नेगेटिभ आएको केन्द्रले जनाएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरुमा भने कोरोना परिक्षण गरिएको छैन । सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टीजेन गरी ६ लाख ७१ हजार ८४ नमूनाको कोरोना परिक्षण गरिएको छ । जसमा ६२ हजार ४७८ मा संक्रमण पुष्टि भएको थियो । सुदूरपश्चिममा कोरोनाका कारण ६३७ जनाले ज्यान गुमाएका थिए । सुदूरपश्चिममा मंसिर…
नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी संक्रमित थपिएका छन्। जिल्लामा गत आवमा मात्रै १३ नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताए । जिल्लामा एक वर्षमा पाँच संक्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी संक्रमित रहेको तिवारीले जानकारी दिए । ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आव २०७७/७८ मा ८२, २०७८/७९ मा एक सय सात जना र २०७९/८० मा एक सय २० जनामा एचआइभीको संक्रमण भेटिएको छ’, उनले भने । गत आवमा भेटिएका एक सय २० जना एचआइभी संक्रमितमध्ये दुई जना पाँचदेखि १४ वर्षसम्मका बालबालिका रहेका…
पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको जिल्ला पृथ्वीचन्द्र अस्पतालका सुरक्षा गार्ड नगद चोरीको अरोपमा पक्राउ परेका छन् । पाल्हिनन्दन गाउँपालिका–६ का राजु हरिजन अस्पतालको टिकट काउन्टरबाट २ लाख ११ हजार चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । सोमबार राति टिकट काउन्टरबाट चोरी भएको थियो । पछि सीसीटीभी फुटेजमा अस्पतालकै सुरक्षा गार्डले रकम झिकेको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराले बताए । निजको साथबाट २ हजार ६ सय ४० रुपैयाँ रकम समेत बरामद भएको प्रहरीले जनाएको छ ।हरिजन विगत ९ महिनादेखि अस्पतालको सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए ।
एजेन्सी : भारतमा नयाँ प्रजातिको कोरोना भाइरस देखा परेको छ । उक्त भाइरसका कारण भारतमा कोभिडका बिरामी उल्लेख्य मात्रामा बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मंगलबार कोभिड–१९बाट सङ्क्रमित हुनेको संख्या १ हजार ९७० पुगेको छ। सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ। अहिले भारतमा सङ्क्रमण बढ्नुको कारण कोभिड–१९ का नयाँ–नयाँ भेरिन्टको उत्पत्तिले गर्दा भएको भारतीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । दक्षिण भारतीय राज्य केरलामा भर्खरै कोरोनाको नयाँ भेरियन्ट भेटिएको थियो । अनुसन्धानकर्ताहरूले यसको नाम ‘पिरोला’ राखेका छन्। केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोआमा पनि भेटिएको छ । कतिपय…
बैतडी: बैतडीका आठ वटा स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गरिएको छ । गत आर्थिक वर्षमा जिल्लाभरीका ५ पालिकाका ८ स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । विभिन्न सूचकहरु पूरा गरेपछि स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गर्ने गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्थाहरुलाई गत बर्ष पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । वडा नम्बर ७ स्थित सुरकाल आधारभूत स्वास्थ्य केन्द्र, दशरथ चन्द स्वास्थ्यचौकी र त्रिपुरासुन्दरी स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको छ । यस्तै शिवनाथ गाउँपालिकाको उदयदेव स्वास्थ्यचौकी र श्रीपुर सामुदायिक आधारभूत स्वास्थ्य केन्द्रलाई पोषणमैत्री घोषणा गरिएको छ । यसैगरी सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी,…
धनगढीः डाक्टर गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् । मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशसन बसेका डाक्टर केसीलाई अनशसन तोडे लगत्तै उपचारका लागि अस्पताल भर्ना गरिएको हो । डाक्टर केसीको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले जानकारी गराए । स्वास्थ्य अवस्था सामान्य हुन थालेको भएपनि केही साता अघिमात्र शल्यक्रिया गरिएको भएर केही दिन सेतीमै राखेर निगरानी गरिने केसीका सहयोगी डाक्टर अमृत जोशीले बताए । सोमबार साँझ डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको थियो ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वास्थ्य बीमाका बिमित बिरामीलाई सबै अस्पतालबाट उपचार तथा सेवा दिइनुपर्ने माग राखेको छ । आइतबारदेखि चलेर आज सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकबाट सरकारसँग उक्त माग रख्ने निर्णय भएको हो । त्यस्तै औषधी सुविधा सहजै उपलब्ध गराउन तथा स्वास्थ्य बीमा सेवा दिने अस्पताले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउन राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

