Aricle Tech

काठमाडौं : सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । आदेशसँगै अब निर्देशक डा पौडेल पुनर्वहाली हुनेछन् ।

विस्तृतमा...

काठमाडौं: जाजरकोट र रुकुम पश्चिम जिल्लामा दादुरा रुबेला र टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिम जिल्लामा पुस ५ देखि १४ गतेसम्म छ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइडविरुद्धको टिसिभी खोप अभियान सञ्चालन हुन लागेको हो । खोप अभियानमा दिइने दादुरा रुबेला खोप थप मात्रा भएकाले पहिला जति पटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रुपमा एक मात्रा दादुरा रुबेला खोप लगाउनु मन्त्रालयको आग्रह छ । सोही अभियानमा नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि ५ वर्ष उमेरसम्मका…

विस्तृतमा...

भोजपुर: वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५  चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि  तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन् ।   सिटामोल र जीवनजल किन्न चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएकामा स्थानीयवासी टङ्कबहादुर विष्ट दङ्ग छन् । दुई गाउँका स्थानीयलाई लक्षित गरी यहाँ अस्थायी आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले सेवाग्राही लाभान्वित भएका उनी बताउछन्  । केन्द्र स्थापनाले सामान्य रुघाखोकीको औषधि लिनका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए । “वर्षौँदेखि हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ”,…

विस्तृतमा...

काठमाडौँ : विश्वविद्यालय र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्न द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस अनुसार चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदानप्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने कार्यमा सहकार्य हुनेछ ।

विस्तृतमा...

काठमाडौँ : ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएसँगै देशभरका ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रममा लागूभएको छ । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिका गरी ३ स्थानीय तहमा बीमा कार्यक्रम लागू हुन बाँकी छ । उनका अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रम लागू भएको छ । वि.सं २०७२ साल २५ चैतमा कैलालीबाट सुरु भएको यो कार्यक्रममा पाँच जनाको परिवारमा तीन हजार पाँच सय रुपियाँ प्रिमियम तिर्दा एक…

विस्तृतमा...

धनगढी: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको गेटामा मेडिकल विश्वविद्यालय उपयुक्त नहुने बताएका छन् । सोमबार धनगढीको कृष्णमन्दिर धर्मशालामा अनसन तोडेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सुदूरपश्चिममा ३०० शय्याको अस्पताल र मेडिकल कलेज उपयुक्त हुने बताए । विशेषज्ञ सेवासहितको ३०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने भनी सरकारले आफूसँग १६ महिनाअघि सहमति गरेको तर अझै रोकेर राखेको केसीले बताए । केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयनलगायतका विभिन्न माग राखेर गत शुक्रबार गेटा अस्पतालमा अनसन बस्न खोज्दा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले अवरोध गरेको थियो । उक्त संघर्ष समितिले गेटामा विश्वविद्यालय बनाउने माग राख्न केसीलाई आग्रह…

विस्तृतमा...

ढोरपाटन : अहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन । कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख हेर्ने इच्छा हुँदाहुँदै पनि दाहसंस्कार गरी हाल्नुपथ्र्यो । दुई/तीन दिनसम्म राख्नु परे जिल्ला सदरमुकामस्थित धौलागिरि अस्पतालमा ल्याएर राख्नुपर्ने बाध्यता थियो । पश्चिमबाट धौलागिरि अस्पतालमा ल्याएर राख्दा हजारौँ रुपैयाँ खर्च हुन्थ्यो । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र गलकोटको हरिचौरमा प्राथमिक स्वास्थ्य केन्द्र भए पनि यहाँ शवगृह थिएन । हालै गलकोट नगर अस्पतालमा विद्युतीय शवगृह शवगृह प्राप्त भएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतको परिवारले उनका स्व बुबा वीरबहादुर बस्नेत र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेका…

विस्तृतमा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोबिन्द केसीले आफ्नो तीन दिने सत्याग्रह आज तोड्ने भएका छन् । गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा केसीले ७२ घन्टा पुगेको भन्दै आज सत्याग्रह तोड्ने बताएको केसीका सहयोगी डा अमृत जैसीले जानकारी दिए । ‘हामीले सत्याग्रह हिजो तोड्ने भनेका थियौं तर, उहाँले ७२ घन्टा नपुगेकाले तोड्न मान्नुभएन’, डा जैसीले भने । बढ्दो उमेर र हालैमात्र शल्यक्रिया गरेका कारण डा। केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । उनका अनुसार डा केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । ‘उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएकाले स्लाइन चढाउन खोजेका थियौं । तर, उहाँले मान्नुभएन’,…

विस्तृतमा...

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोगहरू र कोरोनाको नयाँ सबभेरिएन्ट ‘जेएन वान’ बारे सजग रहन अनुरोध गरेको छ । डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ । सबै सदस्य राष्ट्रहरूले यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न आग्रह गरिएको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो अपिल गरेकी हुन् । उनले त्यस भिडियोमा श्वासप्रश्वाससम्बन्धी रोग सर्ने कारणहरू बताउनुका साथै त्यसबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्ने जानकारी पनि दिएकी छिन् । मारिया भान केरखोभले सेयर गरेको पोस्टमा विश्वमा श्वासप्रश्वाससम्बन्धी रोगहरू निरन्तर बढिरहेको बताएकी छन् । जसमा…

विस्तृतमा...

काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढिरहेको छ । कुकुरले टोकेपछि खोप लगाउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ । विगत दुई वर्षको तथ्याङ्कमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि भएको हो । अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७८–७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार सात सय ४८ रहेका थिए भने आव २०७९–८० मा यो सङ्ख्या बढेर ५० हजार चार सय ९४ पुगेको छ । यस्तै आव २०७८–७९ मा नयाँ र पुरानो गरी एक लाख, एक हजार, एक सय ९६ र आव २०७९–८० मा नयाँ र…

विस्तृतमा...