कैलाली : कैलालीको गौरीगंगामा संचालित कान शिविरमा १७५ जनाले सेवा लिएका छन्। गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा सम्पन्न शिविरमा १७५ जनाले निःशुल्क कान चेकजाँच गराएका हुन्। गौरीगंगा नगरपालिका वडा नम्बर २ को समन्वय र इमप्याक्ट नेपालको प्राबिधिक सहयोगमा सम्पन्न शिविरको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशीले सहजीकरण गरेका थिए। शिविरमा ५ जनाको कानको शल्यक्रिया गराउनु पर्ने देखिएकाले उनीहरुको सहुलियत दरमा शल्यक्रिया गर्ने ब्यवस्था मिलाउने इमप्याक्ट नेपालले जनाएको छ।
Aricle Tech
काठमाडौं, ६ पुष । नेपाल औषधि उत्पादक संघले प्रत्येक २ वर्षमा आयोजना गर्दै आएको नेपाल फर्मा एक्स्पोको नवौं संस्करण फागुन अन्तिम साता हुने भएको छ । यसपटक पनि चितवनमा आयोजना गर्न लागिएको एक्स्पोको संघले शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरेको हो । सो एक्स्पोमा नेपाल, भारत, बंगलादेश, सिंगापुर लगायत देशका १ सय ५० वटा कम्पनीहरुले आफ्ना उत्पादनको प्रदर्शनी गर्नेछन् । यस प्रदर्शनीलाई आयोजक नेपाल औषधि उत्पादक संघले ज्ञान आदानप्रदान, सहकार्य र यस क्षेत्रको बृद्धिविकासका लागि गरिएको नविनतम प्रयोग भनेको छ । एक्स्पोमा ३० हजारभन्दा धेरै मानिसले भ्रमण गर्ने अपेक्षा राखिएको औषधि उत्पादक संघ(एप्पोन)का उपाध्यक्ष समेत रहेका फर्मा एक्स्पोका…
दाङ : सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरिएको छ । बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा आयोजना भएको थियो । सांसद शर्माले शिविरबाट ओटी रेफर भएका बिरामीहरूलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क अपरेशन गरिने जानकारी दिए। शिविरमा १७६ जनाको भिडियो एक्सरे, १४३ जनाको ल्याब परीक्षण, ४२ जनाको इसिजी, १४१ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ५३ जनाको दाँत खोलिएको थियो भने, ५३ जनालाई थप उपचारका लागि ओटी रेफर गरिएको छ । शिविरमा स्त्री…
नयाँ दिल्ली : भारतको शीर्ष औषधि नियन्त्रकले चार वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा खोकीको झोल औषधि(कफ सिरप)को मिश्रणको प्रयोगमा रोक लगाएको छ । बुधवार प्रतिबन्धको आदेश दिइएको छ । औषधि निर्माताहरुले औषधिको प्याकेजिङ वा बोतलमा चार वर्षभन्दा कम उमेरका बालबालिकामा औषधिको प्रयोग गर्न हुँदैन भनेर अनिवार्य रूपमा चेतावनी राख्नुपर्नेछ । गएको वर्ष भारतीय कम्पनीले बनाएको खोकीको औषधि खाएर गाम्बिया र उज्बेकिस्तानमा एकपछि अर्को गर्दै दर्जनौँ बालबालिकाहरूको मृत्यु भएपछि यो प्रतिबन्ध लगाइएको हो । ँभारतमा पनि सन् २००१ देखि सन् २०२० को बीचमा त्यस्तै खालको औषधि खाएर कम्तीमा १२ जना बालबालिकाहरूको मृत्यु भएको थियो । प्रतिबन्ध लगाइएको औषधिहरूमा क्लोरफेनिरमिन मेलिएट र फिनाएलेफ्रिन…
काठमाडौँ : चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताए । बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उनले जानकारी दिए । बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्समा चेकजाँच कडाइ गरिएको…
बागलुङ : गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी ्िथइनन् । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो । बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो । चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उनी दङ्ग परिन् । घरमै चिकित्सक आएर उपचार गर्छन् भन्ने तुलसीले कल्पना पनि गरेकी थिइनन् । जब थालेपोखरा गाउँमा नगरपालिकाबाट…
टीकापुर (कैलाली): टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बीमा गरिदिने गरेको छ । पालिकाले गत वर्ष ४६ परिवारको बीमा गरिदिएको थियो । बीमा कार्यक्रमबाट धेरै परिवारले उपचारमा सुविधा भएको बताएका छन् । बेपत्ता परिवारका सदस्य दुर्गाकुमारी जैसी रिमालले नगरपालिकाले बीमा गरिदिएपछि गत वर्ष ५० हजार बढीको स्वास्थ्य उपचार सेवा लिए । उनले टीकापुर अस्पतालमात्र नभई काठमाडौँको वीर अस्पतालमा समेत सेवा लिए । बीमाले उपचार सेवा लिन सहज भएको उनले बताए । “म बेपत्ता परिवारको सदस्य हो । हामीजस्ता उपचार गर्न बजेट जुटाउन नसक्ने परिवारलाई पालिकाले बीमा गरिदिएर ठूलो सहयोग गरेको छ”, दुर्गाले भने, “गत वर्ष मैले बीमा…
केरला : भारतको केरलामा कोभिड-१९ को नयाँ भेरियन्ट जेएन वानबाट ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् । केरला बाहेक भारतभरमा जम्मा ५८ जनामा संक्रमण देखिएको छ । केरलामा सक्रिय सङ्क्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ । केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय सङ्क्रमितको संख्या ३२८ मात्र छ ।
चितवन : भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. श्रीराम तिवारीले स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको बताए । उनका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आइएकामा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ । नियमित औषधि…
काठमाडौँ: सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो । मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने छ भने सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिलाई टाइफाइडविरुद्धको टि.सि.भीं खोप लगाइने छ । साथै जाजरकोट र रुकुमपश्चिम जिल्लामा नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि ५ वर्ष…

