धनगढीः डाक्टर गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् । मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशसन बसेका डाक्टर केसीलाई अनशसन तोडे लगत्तै उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।
डाक्टर केसीको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले जानकारी गराए ।
स्वास्थ्य अवस्था सामान्य हुन थालेको भएपनि केही साता अघिमात्र शल्यक्रिया गरिएको भएर केही दिन सेतीमै राखेर निगरानी गरिने केसीका सहयोगी डाक्टर अमृत जोशीले बताए ।
सोमबार साँझ डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको थियो ।