काठमाडौं : काठमाडौं महानगरपालिकाले औषधि बिक्रीका लागि घर भाडामा लिने भएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा लिने प्रस्ताव गरेको हो ।
सूचना प्रकाशनको १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित काठमाडौं महानगरपालिकाको कार्यालय, स्वास्थ्य विभागमा दर्ता गराउन अनुरोध गरिएको छ ।