काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वास्थ्य बीमाका बिमित बिरामीलाई सबै अस्पतालबाट उपचार तथा सेवा दिइनुपर्ने माग राखेको छ । आइतबारदेखि चलेर आज सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकबाट सरकारसँग उक्त माग रख्ने निर्णय भएको हो ।
त्यस्तै औषधी सुविधा सहजै उपलब्ध गराउन तथा स्वास्थ्य बीमा सेवा दिने अस्पताले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउन राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।