पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको जिल्ला पृथ्वीचन्द्र अस्पतालका सुरक्षा गार्ड नगद चोरीको अरोपमा पक्राउ परेका छन् । पाल्हिनन्दन गाउँपालिका–६ का राजु हरिजन अस्पतालको टिकट काउन्टरबाट २ लाख ११ हजार चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।
सोमबार राति टिकट काउन्टरबाट चोरी भएको थियो । पछि सीसीटीभी फुटेजमा अस्पतालकै सुरक्षा गार्डले रकम झिकेको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराले बताए ।
निजको साथबाट २ हजार ६ सय ४० रुपैयाँ रकम समेत बरामद भएको प्रहरीले जनाएको छ ।
हरिजन विगत ९ महिनादेखि अस्पतालको सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए ।