कञ्चनपुर : महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन् । अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छ जना थपिएपछि सेवाग्राही लाभान्वित भएका हुन् । अस्पतालका प्रमुख अर्जुन भट्टका अनुसार अस्पतालमा बालरोग विशेषज्ञ, जनरल सर्जन, एनेस्थेसिस्ट, एडिजिपी र दुईजना रेडियोग्राफर थपिएका हुन् । अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, स्त्री तथा प्रसूति रोग विशेषज्ञ एक,अर्थोपेडिक सर्जन दुई र नाककानघाँटी विशेषज्ञ एक गरी सातजना चिकित्सक कार्यरत छन् ।
Aricle Tech
काठमाडाैँ : नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को अनलाईन आवेदन आज पुस २ गतेदेखि खुला हुने जानकारी दिएका छ । २०८० पुस २ देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्क सहित अनलाइनमार्फत फाराम बुझाउन सकिने काउन्सिलले बताएको छ । अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने र परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ । परीक्षा समितिले जानकारी दिएको छ ।
सुन्दरहरैँचा : मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए। बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा अस्पताल उदघाटन गरिएको थियो । अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वय समेत नगरी अस्पताल सारिएको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला)ले आरोप लगाइन् । उनले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गरिन् । उक्त अस्पताल सञ्चालन सम्बन्धमा सम्बन्धित निकायले…
काठमाडौं: तीन महिनादेखि पारिश्रमिक नपाएपछि जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत १३ जना चिकित्सक स्वास्थ्य मन्त्रालय पुगेका छन् । शुक्रबार १३ जना करारका चिकित्सकले पारिश्रमिक माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र बुझाएका हुन् । छात्रवृत्तिमा पढेका ती १३ जना चिकित्सक चिकित्सकले गएको असोजदेखि पारिश्रमिक नपाएको जिल्ला अस्पताल सिन्धुलीका प्रमुख डाक्टर अभिषेक थपलियाले जानकारी दिए । सिन्धुली जिल्ला अस्पतालमा कार्यरत डा. सविर कुमार खड्का, डा।सुजाता महर्जन, डा. रक्षा पाण्डे, ड. जयन्त चौधरी लगायतका १३ जना चिकित्सकले पारिश्रमिक माग गर्दै स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य सचिव डा।रोशन पोखरेललाई पत्र बुझाएका हुन्। उनीहरुले पारिश्रमिक र चाडपर्व खर्च नपाउँदा जीवन गुजारामै समस्या सिर्जना भएको जनाएका छन् ।
धनगढी : शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले डाक्टर गोविन्द केसी प्रदेशबासीको माग विपरीत देखिएकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको जनाएको छ शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशबासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनसन बस्न नदिएको समितिले बताएको हो। संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले डाक्टर केसी प्रदेशबासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनसन बस्न नदिएको बताए। ‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन्। अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना…
कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको विज्ञ चिकित्सकसहितको टोलीले गाउँ–गाउँमा पुगेर हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजपड्तालको कार्यअगाडि बढाएको छ। हात्तीपाइले र हाइड्रोशिल रोग निवारण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरी अस्पतालले रोगीहरुको खाजी गरिरहेको हो। अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्रसिंह रावलका अनुसार राष्ट्रिय हात्तीपाइले कार्यक्रमअन्तर्गत सन् २०३० सम्म देशबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुसार प्रदेश सरकारबाट स्वीकृत बजेटको परिधिभित्र रही एमएमडिपि कार्यक्रम सञ्चालन गरी गाउँ बस्तीमा रहेका हात्तीपाइले र हाइड्रोशिलका बिरामीहरुको खोजी गरी निःशुल्क रुपमा शल्यक्रिया गर्ने कार्यक्रम अगाडी बढाइएको अधिकृत रावलले बताए। जिल्लाका १० स्थानमा स्क्रिनिङ्ग क्याम्प सञ्चालन गर्ने लक्ष्य रहेको…
काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन)को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको छ । प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक मस्तिष्कसम्बन्धी रोगको उपचार तथा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गरिएको जानकारी दिएका छन् । यसअघि नेपालमा ब्रेनको उपचार भएपनि अध्ययन अनुसन्धानका लागि कुनै निकाय थिएनन् । केन्द्रमार्फत नै यही मङ्सिर २४ गतेदेखि मस्तिष्क ट्युमरको उपचारका लाग विशेष क्लिनिक सेवा शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा श्रवणकुमार थापाले जानकारी दिएका छन् । उनका अनुसार हाललाई सो सेवा साताको दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन…
काठमाडौं : टीकापुर अस्पतालले विभिन्न पदमा ९ जना कर्मचारी मागेको छ । अस्पतालले आइतबार एक सूचना जारी गर्दै करार सेवामा ९ जना कर्मचारी मागेको हो ।अस्पतालले कन्सल्टेन्ट पेडियाट्रिसियन नवौँ तह पेडियाट्रिक्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नवौँ तह सर्जरी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट नवौँ तहमा एनेस्थेसियोलोजी र कन्सल्टेन्ट रेडियोलोजिस्ट नवौँ तह रेडियोलोजीमा एक एक जना मागेको छ ।यस्तै मेडिकल अधिकृत आठौँ तहमा जनरल हेल्थ सर्भिसेज ५ जना माग गरिएको छ ।
काठमाडौं, ३० मंसिर । कान्तिपुर डेन्टल कलेज एण्ड टिचिंग हस्पिटलले स्थापनाको १६ वर्षमा १० लाख मानिसलाई दन्त चिकित्सा सेवा प्रदान गरेको छ । केडिसीको १६ औं वार्षिकोत्सवका अवसरमा बसुन्धारास्थित कलेज तथा अस्पतालमा शनिवार आयोजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कलेजले हासिल गरेको उपलब्धिका बारेमा जानकारी दिए । डा. श्रेष्ठका अनुसार अस्पतालले स्थापनाको १६ वर्षको अवधिमा १० लाखभन्दा धेरै मानिसलाई दन्तचिकित्सा सेवा दिएको छ । सन् २००७ डिसेम्बर १६ मा दन्तचिकित्सा तर्फको बीडीएस अध्यापनसहित सुरु भएको कलेज तथा अस्पतालले अस्पतालबाट लाखौं बिरामीलाई सेवा दिएको र अस्पतालबाहिर लाखौं मानिस र पेशाकर्मीलाई अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।…
सुदूरपश्चिम: एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन्। एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने सङ्क्रमितको बाँच्ने उमेर बढाउने सकिने स्वास्थ्यकर्मीको भनाइ छ। स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ट अधिकृत मनोज ओझाले विगतभन्दा सङ्क्रमित समाजमा खुलेर आउने गरेको र जनचेतना पनि अभिवृद्धि हुँदै जाँदा यो रोगको रोकथाममा सुधार हुँदै गएको बताए। उनले भने, ‘औषधिको अभाव देखिने पहिलेको जस्तो समस्या हाल छैन, सबै ठाउँमा जाँच गर्न नपाउने उतिबेलाको जस्तो समस्या पनि हटेर गएको छ, औषधि पनि अहिले सबैतिर पर्याप्त छ।’ सन् २०१० को तुलनामा एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी…

