नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी संक्रमित थपिएका छन्।
जिल्लामा गत आवमा मात्रै १३ नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताए । जिल्लामा एक वर्षमा पाँच संक्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी संक्रमित रहेको तिवारीले जानकारी दिए । ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आव २०७७/७८ मा ८२, २०७८/७९ मा एक सय सात जना र २०७९/८० मा एक सय २० जनामा एचआइभीको संक्रमण भेटिएको छ’, उनले भने ।
गत आवमा भेटिएका एक सय २० जना एचआइभी संक्रमितमध्ये दुई जना पाँचदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन् ।